राष्ट्रिय मधेस समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष शरदसिंह भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसद सचिवालयमा दर्ता गराइएको महाअभियोग प्रस्ताव प्रमुख तीन दलको नौटङ्की भएको बताएका छन् ।
आइतबार बिहान महोत्तरीको गौशाला पुगेका भण्डारीेले पत्रकारसँग कुरा गर्दै प्रमुख आयुक्त कार्कीलाई महाभियोग लगाउने योजना नेपाली काँग्रेस, नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को फोहोरी खेल भएको आरोप लगाए । एक अर्को प्रसङ्गमा अध्यक्ष भण्डारीले संविधान संशोधन नगरी कुनै पनि हालतमा चुनाव हुन नदिइने प्रतिक्रिया दिए।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।