भूकम्पबाट पाठ सिकेर पुनर्निर्माणको कामलाई अघि बढाइने


प्रकाशित मिति : बैशाख १२, २०७५ बुधबार

भूकम्पबाट पाठ सिकेर पुनर्निर्माणको कामलाई अघि बढाइने, १५ सय बर्ष पुरानो जन्मकुण्डली बताउने पानी घडी लोप हुनु दुःखद भएको संस्कृतिविद् जोशीको गुनासो
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले भूकम्पबाट पाठ सिकेर पुनर्निर्माणलाई अगाडि बढाउनुपर्ने बताउनु भएको छ ।

हनुमानढोका दरवार संग्रहालय विकास समितिको नवौं बार्षिकोत्सव कार्यक्रममा मन्त्री अधिकारीले समन्वय अभावले पुनर्निर्माणले तीव्रता नपाएको भन्दै विगतका कमजोरी सुधारेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभएको हो । पुनर्निर्माणसहित ‘सुखी नेपाल र समृद्घ नेपाल’ बनाउन सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा संस्कृतविद् सत्यमोहन जोशीले पुरातात्विक महत्व बोकेको १५ सय वर्ष अगााडिको जन्म कुन्डली बताउने पानी घडी लोप भइसकेको भन्दै संरक्षणमा चासो दिनुपर्ने बताउनु भयो ।

यस्तै, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य पुनर्निर्माणलाई नयाँ शिराबाट अगाडि बढ्नुपर्ने बताउनुभयो । प्रमुख काठमाडौं महानगरपालिका कार्यक्रममा राजा प्रताप मल्लको शाालिक अनावरण गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com