अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका नेपालीहरुलाई प्रदान गर्दै आएको टीपीएस सुविधा नथप्ने तयारी गरेको छ । टीपीएस सुविधा नथपिएपछि अमेरिकामा टीपीएस सुविधा लिएका झण्डै ९ हजार नेपालीहरुले संकटको सामना गर्नेछन् भने कैयनले देशनिकाला हुनुपर्नेछ ।
होमल्याण्ड सेक्युरिटीका सेक्रेटरीले देशनिकालाका लागि योग्य टीपीएस प्राप्त नेपालीहरुलाई अमेरिका छाड्नका लागि एकबर्षको ग्रेस अवधि दिने भएका छन् । जस अन्तरगत सन् २०१९ को जुन २४ पछि उनीहरुले अमेरिका छाड्नुपर्नेछ ।
झण्डै १४ हजार नेपालीहरुले अमेरिकामा टीपीएस सुविधा लिएकोमा नविकरणका लागि झण्डै ९ हजार नेपालीहरुले योग्य थिए । अब टीपीएस नथपिएपछि त्यसमध्ये झण्डै १५ सय नेपालीहरुले एकैपटक देशनिकालाको सामना गर्नुपर्नेछ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।