सशस्त्र गणपति तालिममा डिएसपी किरण बस्नेत उत्कृष्ट


प्रकाशित मिति : बैशाख २, २०७५ आईतबार

सशस्त्र प्रहरीको गणपति तालिममा सशस्त्र डिएसपी किरण बस्नेत उत्कृष्ट भएका छन् । यस्तै सशस्त्र डिएसपी सूर्यबहादुर सेन वली अनुसन्धान तर्फ उत्कृष्ट भएका छन् ।

सशस्त्र महानिरीक्षक शैलेन्द्र खनालले उत्कृष्ट दुबैलाई आईतबार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् । गणपति तालिममा प्रशिक्षार्थीहरुलाई स्टाफ ड्युटी, कमाण्ड एण्ड म्यानेजमेन्ट, क्राइम कन्ट्रोल, इन्टेलिजेन्स, अपरेशन अफ वार, ट्याक्टिस, सुरक्षा, विभिन्न ऐननियम तथा सशस्त्र प्रहरी बल नेपालको कामकारवाही लगायतका बिषयमा प्रशिक्षण दिईन्छ ।

दुई महिना अवधिको तालिममा कूल ४५ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु सहभागि रहेका थिए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले कमाण्डर तहका अधिकृतहरुलाई व्यावसायिक क्षमतायुक्त सक्षम र दक्ष बनाउँदै उनीहरुको वृत्तिविकासमा टेवा पु¥याउने अभिप्रायले गणपति तालिम संचालन गरिएको बताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले विगतका विधि र प्रक्रियालाई समयसापेक्ष परिस्कृत गर्दै संगठन एउटा पद्धती अनुसार अगाडी बढ्ने बताउदै भने, ‘संगठनका कामकारवाहीहरु विधिले संचालन हुनेछन्, कार्यक्षेत्रमा जसले राम्रो काम गर्छ उसैको वृत्तिविकास हुन्छ ।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com