एमाले र माओवादी एकताको अन्तरिम राजनीतिक प्रतिवेदन तयार


प्रकाशित मिति : चैत्र ११, २०७४ आईतबार

बामगठबन्धनको एकताका लागि आवश्यक अन्तरिम राजनीतिक प्रतिवेदनको टुङ्गो लागेको छ ।

प्रतिवेदन तयारीका लागि गठन भएको कार्यदलले प्रतिवेदन तयार पारेको हो । समितिले यसअघि नै प्रतिवेदनको मस्यौदा तयार गरेर अध्ययनका लागि नेताहरुलाई वितरण गरेको थियो।

प्रतिवेदनमा एमालेले अबलम्बन गर्दै आएको जनताको बहुदलीय जनवाद र नेकपा माओवादीले मान्दै आएको माओवादलाई महाधिवेशनमा बहस गर्ने उल्लेख छ।

‘भाषिक विषय केही मिलाइयो। कार्यदलबाट प्रतिवेदन तयार भयो’, समितिका सदस्य देवेन्द्र पौडेलले भने, ‘अब हामी संयोजन समितिमा पेश गर्छौं।‘

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजनीतिक प्रतिवेदनले दुई पार्टीको एकताको सैद्धान्तिक आधार र राजनीतिक दिशाबोध गर्ने पौडेलले बताए।

एमाले र माओवादीको एकता संयोजन समितिको बैठक सोमबार बस्दैछ। नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघि दुई पार्टीले एकता गर्ने तयारी गरिरहेका छन्।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com