अदालती फैसलाको ब्याख्या : अमेरिकामा एसाइलम गर्नेहरु धरौटीमा रिहा हुनसक्ने


प्रकाशित मिति : फाल्गुन १८, २०७४ शुक्रबार

मंगलबार अमेरिकाको सर्बोच्च अदालतले इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको नियन्त्रणमा रहेर अमेरिकाबाट देशनिकालाको प्रकृयामा रहेकाहरुले बण्ड हेयरिङको मौका नपाउने फैसला गरेपछि त्यसको कानुनविद्हरुले थप ब्याख्या गरेका छन् ।

गैरकानुनी रुपमा सिमाक्षेत्रबाट अमेरिका छिर्ने क्रममा पक्राउ परेकाहरुले एसाइलमको दावी गरेको खण्डमा र उनीहरुको एसाइलम दावी थप छाविनका लागि इमिग्रेशन अदालतमा रिफर गरिएको खण्डमा भने त्यस्ता व्यक्ति धरौटीमा रिहाहुनसक्ने कानुनविद्हरुले जनाएका छन् । तर उनीहरुको एसाइलम दावी विश्वसनीय नभएका कारण एसाइलम केस नलिई देशनिकालाका लागि प्रकृया अगाडि बढाइएमा भने त्यस्ता व्यक्तिले धरौटीमा रिहा हुने अवशर गुमाउने भएका छन् । यस अगाडि त्यस्ता व्यक्तिको केस समेत ६ महिनामा टुंगो नलागे बण्ड हेयरिङको लागि अनुरोध गर्न पाउने प्रावधान रहेको थियो ।

यसअघि देशनिकालाको प्रकृयामा रहेकाहरुले केस छिटो टुंगो नलागेको खण्डमा हरेक ६ महिनामा बण्ड हेयरिङका लागि आग्रह गर्न पाउने प्रावधान रहेको थियो । अब भने देशनिकालाको मुद्दा ६ महिनामा टुंगो नलागेपनि देशनिकालाको प्रकृयामा रहेकाहरु धरौटीमा बाहिर निस्कन पाउने छैनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कमा रहेको कानुनी कार्यालय मुनगोभन एण्ड एसोसिएट्सका कानुनी सेवा निर्देशक श्री पराजुलीले खसोखाससँग कुराकानी गर्दै भन्नुभयो –‘सर्बोच्च अदालतको फैसलाबाट अपराध गरेर अध्यागमन जेलमा देशनिकाला कुरिरहेकाहरु प्रभावित हुने भएपनि अदालतमा एसाइलमको आवेदन अगाडि बढेकाहरु भने प्रभावित हुँदैनन् । गैरकानुनी रुपमा सिमाक्षेत्रबाट अमेरिका छिर्ने क्रममा पक्राउ परेर अध्यागमन जेलमा रहेकाहरुको एसाइलम आवेदन अध्यागमन अदालतमा रिफर गरिएको खण्डमा उनीहरु अझैपनि धरौटीमा रिहा हुनसक्छन् । ’

तर कुनै व्यक्ति गैरकानुनी रुपमा सिमा क्षेत्रबाट अमेरिका छिर्ने क्रममा पक्राउ परेपछि क्रेडिबल फियर अन्तरवार्ता उत्तिर्ण गर्न नसकी उसलाई सिधा देशनिकालामा राखियो भने त्यस्ता व्यक्ति भने धरौटीमा रिहा हुन नसक्ने न्युयोर्कका चर्चित कानुन व्यवसायी खगेन्द्र जीसीले स्पष्ट पार्नुभयो । उहाँले खसोखाससँग कुरा गर्दै भन्नुभयो –‘मंगलबारको अदालतको फैसलापछि पनि एसाइलम गरेकाहरु बुधबार धरौटीमा रिहा भएका छन् । त्यसैले कुनै व्यक्तिको एसाइलम केस अदालतमा रिफर गरिएको खण्डमा त्यस्ता व्यक्तिले बण्ड हेयरिङ पाउन र धरौटीमा रिहा हुनसक्छन् ।’

यसबारे थप बुझ्न कानुनी सेवा निर्देशक श्री पराजुलीलाई ३४७ ४४९ ४७५३ मा र खगेन्द्र जीसीलाई २१२ ९४७ १०७९ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com