नेत्रविक्रम चन्द विप्लव समूहले गोरखामा गर्यो, जनसरकार घोषणा
प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहिबार
फागुन ३, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गोरखामा जनसरकार घोषणा गरेको छ। बुधबार पालुङटार नगरपालिका–७ विरुवाटारमा भएको पार्टीको भेलाले सभाले विष्णुप्रसाद रिजालको नेतृत्वमा ११ सदस्यी जनसरकार गठन गरेका हो। ददाल तथा भ्रष्टचारीहरूलाई तह लगाई जनतालाई अधिकार सुम्पने अभियानसहित जनसरकार गठन गरेको पार्टीका जिल्ला सेक्रेटरी गोपाल पाण्डेले बताए। उनले भने, ‘२५ सदस्यीय जनप्रतिनिधिसभा गठन भयो।’ जनसरकारले गोरखामा भइरहेको नदीनाला दोहनलाई रोक्ने निर्णय गरेको पाण्डेले बताए। उनले नदीनाला दोहनमा जनप्रतिनिधि र स्थानीय विकास अधिकारीको संलग्नता रहेको दाबी गरे।





