प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने


प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहिबार

प्रधानमन्त्री शेरबहादुर देउवाले आज राजीनामा दिने तयारी गर्नुभएको छ ।

राष्ट्रको नाममा सम्बोधन गरेर उहाँले राजीनामा दिनुहुने बालुवाटार स्रोतले जनाएको छ । मन्त्रिपरिषदको अन्तिम बैठक बिहान ९ बजे बोलाइएको छ ।

बैठकपछि देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने र राष्ट्रपतिसमक्ष राजीनामा बुझाउने तयारी छ । संविधानअनुसार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष चुनावको परिणाम बुझाएपछि स्वतः नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।

आयोगले हिजो चुनावको परिणाम बुझाइसकेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com