कालिमाटी फलफूल तथा तरकारी बजारलाई प्रादेशमा विस्तार गर्ने
प्रकाशित मिति : फाल्गुन १, २०७४ मंगलबार
फागुन १, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारलाई प्रादेशिक बजारमा विस्तार गर्ने तयारी गरिरहेको कृषि विकास मन्त्रालयका अधिकारीले बताएका छन् ।
राजधानीमा मंगलबार आयोजित फलफूल तथा तरकारी बजार विकास समितिको २४औं वार्षिकोत्सवमा मन्त्रालयका सहसचिव काशिराज दाहालले कालिमाटी फलफूल तथा तरकारी बजारलाई प्रादेशिक संरचनाअनुसार झापा, विराटनगर, बुटवल र धनुषामा निर्माण गरिने जानकारी गराए ।
चोभार फलफूल तथा पुष्प बजारको निर्माण निर्धारित् समयमै सम्पन्न हुने पनि उनले बताए ।
व्यवसायीले तरकारीको मूल्य बढाएर कृत्रिम संकट पैदा भएको उपभोक्ताले गुनासो गर्दै आएका छन् । व्यापारीले तरकारीको भाउ मनोमानी ढंगले तोक्दा मूल्यवृद्धि भएको समितिले जनाएको छ ।
आर्थिक वर्ष २०७३र७४ मा ४५ प्रतिशत तरकारी भारतबाट भित्र्याएको समितिले जनाएको छ ।