भारतीय मसालाको अमेरिकामा गुणस्तर जाँच हुदै , के भन्छन त उत्पादकले


प्रकाशित मिति : बैशाख १५, २०८१ शनिबार

भारतीय २ मसाला ब्राण्ड एभरेष्ट र एमडीएचको गुणस्तरबारे अमेरिकामा पनि अनुसन्धान शुरू भएको छ । भारतीय खाद्य सुरक्षा अधिकारीले पनि यी दुबै कम्पनीको मसालाको गुणस्तर परीक्षण थालिसकिएको बताएका छन ।

अमेरिकामा खाद्यपदार्थ गुणस्तर जाँच गर्ने सरकारी निकाय फूड एण्ड ड्रग एड्मिनिष्ट्रेशन एफडीए ले भारतीय कम्पनी उत्पादित मसालामाथि जाँच गरिरहेको जनाएको हो । यी मसाला ब्राण्ड माथी हङकङ र सिङ्गापुरमा बिक्री प्रतिबन्ध लगाइसकिएको छ ।

हङकङले इथाइलीन अक्साइडको मात्रा अत्यधिक पाइएपछि भारतीय मसालामाथि प्रतिबन्ध लगाइसकेको छ । एभरेष्ट र एमडीएच ब्राण्डका केही उत्पादनको बिक्रीमा हङकङ प्रशासनले रोक लगाएको हो ।

लगत्तै सिङ्गापुरले पनि एभरेष्ट र एमडीएचका उत्पादन बिक्रीमा प्रतिबन्ध लगाइसकेको छ । मसलाको गुणस्तरमा प्रश्न उठेपछि एभरेष्टले आफ्ना उत्पादन सुरक्षित रहेको दाबी गरेको थियो । अमेरिकाले समेत अनुसन्धान थालेपछि भने एभरेष्टले हाल कुनै प्रतिक्रिया दिएको छैन ।

भारतमा एमडीएच र एभरेष्ट सबैभन्दा चर्चित मसाला हुन् । यी ब्राण्डका मसाला भारतीय कम्पनीले यूरोप, एशिया र उत्तर अमेरिकी बजारमा बिक्री गर्ने गरेका छन् । एजेन्सीहरु

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com