न्युयोर्कमा कम आम्दानी हुनेलाई मासिक १५ डलरमा इन्टरनेट सेवा प्रदान गर्न अदालतको आदेश


प्रकाशित मिति : बैशाख १५, २०८१ शनिबार

white router on white table

अब न्युयोर्कमा इन्टरनेट सेवा प्रदायकहरुले कम आम्दानी हुनेहरुलाई अत्यन्तै सस्तो दरमा इन्टरनेट सेवा उपलब्ध गराउनुपर्ने भएको छ । त्यसका लागि न्युयोर्कको कानुन कार्यान्वयनका लागि संघीय पुनरावेदन अदालतले शुक्रबार बाटो खोलिदिएको छ ।

म्यानहटनको पुनरावेदन अदालतले २०२१ को तल्लो अदालतको निर्णयलाई उल्टाएको हो । त्यतीबेला यो नीति लागू हुनुभन्दा केही दिन अघि नै अदालतले रोकेको थियो।

जस अनुशार इन्टरनेट सेवा प्रदायकहरूले कम आय भएका बासिन्दाहरूलाई भारी छुट दरहरू प्रस्ताव गर्न आवश्यक पर्ने कानुन लागु गर्ने बाटोमा न्युयोर्क अगाडि बढ्नेछ । राज्यको कानुनले इन्टरनेट कम्पनीहरूलाई कम आय भएका न्युयोर्कवासीहरूलाई प्रति महिना १५ डलर सम्मको ब्रोडब्यान्ड सेवा नदिए राज्यले सेवा प्रदायकलाई जरिवाना गर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टेलिकम ट्रेड समूहहरूले राज्यको कानुन विरुद्ध मुद्दा दायर गरेका थिए । उनीहरुले सेवा प्रदायकको धेरै पैसा खर्च हुने र यसले इन्टरनेट सेवालाई नियन्त्रण गर्ने संघीय कानुनको उल् लंघन गर्ने उनीहरुले तर्क गरेका थिए । सेवा प्रदायकहरुले अब आफ्नो अर्को कानुनी कदम चाल्नेबारे विचार गरिरहेको बताएका छन् ।

न्यूयोर्क राज्यका सांसदहरूले बजेटको भागको रूपमा सन् २०२१ मा उक्त कानुनको अनुमोदन गरेका थिए । यो नीतिले कम आय भएका बासिन्दाहरूलाई इन्टरनेटमा पहुँच प्रदान गर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com