अमेरिकामा यी राज्यमा पछाडिको सिटमा बस्दा समेत सिटबेल्ट अनिवार्य, नत्र जरिवाना


प्रकाशित मिति : बैशाख १५, २०८१ शनिबार

man driving a car wearing wrist watch

अमेरिकाका विभिन्न राज्यमा सिटबेल्टबारे फरक फरक नियम रहेका छन् । अमेरिकाका ३३ वटा राज्यहरु र वासिंटन डिसीमा पछाडिको सिटमा बस्दासमेत सिटबेल्ट अनिवार्यरुपमा लगाउनुपर्ने नियम रहेको छ । कतिपय राज्यमा उमेरको सिमा तोकिएको छ भने कतिपय राज्यमा सबै उमेरका व्यक्तिले सिटबेल्ट लगाउनु अनिवार्य रहेको छ । ३४ वटा राज्यमा सिटबेल्ट नलगाएकै कारण प्रहरीले तपाईको गाडी पुलओभर गर्नसक्छ भने १५ वटा राज्यमा प्रहरीले सिटबेल्ट नलगाएकै कारण तपाईको गाडी नरोकेपनि अन्य कारणले रोकेको अवस्थामा सिटबेल्ट नलगाएको पाइएमा जरिवाना गर्ने नियम रहेको छ । न्यु ह्याम्शायरमा १७ बर्षभन्दामाथिका व्यक्तिले गाडीमा सिटबेल्ट लगाउन अनिवार्य छैन ।

अलाबामामा १५ बर्षभन्दा माथिका सबैले सबै सिटमा सिटबेल्ट बाँध्नुपर्छ । यो राज्यमा सिटबेल्ट नबाँधेकै कारण प्रहरीले तपाईको गाडी रोक्नसक्छ र कम्तीमा २५ डलर जरिवाना गर्नसक्छ । त्यस्तै अलास्कामा १६ बर्षभन्दामाथिका सबैले सबै सिटमा सिटबेल्ट बाँध्नुपर्छ । यो राज्यमा सिटबेल्ट नबाँधेकै कारण प्रहरीले तपाईको गाडी रोक्नसक्छ र २५ डलर जरिवाना गर्नसक्छ । एरिजोनामा ८ बर्षदेखि १५ बर्षसम्मका सबैले पछाडिको सिटमा समेत सिटबेल्ट बाँध्नुपर्छ । ८ बर्षभन्दा माथिका सबैले अगाडिको सिटमा सिटबेल्ट बाँध्नुपर्छ । नत्र जरिवानाको सामना गर्नुपर्छ । यो राज्यमा सिटबेल्ट नलगाएकै कारण प्रहरीले तपाईको गाडी रोक्दैन ।

गुआम, मेन, न्युयोर्क र ओरेगनमा सबैसिटमा बस्ने सबै उमेरका व्यक्तिले सिटबेल्ट बाँध्नुपर्छ । यी राज्यहरुमा सिटबेल्ट नबाँधेकै कारण प्रहरीले तपाईको गाडी रोक्नसक्छ र १३५ डलरसम्म जरिवाना गर्नसक्छ । क्यालिफोर्नियामा १६ बर्षमाथिका सबैले सबै सिटमा सिटबेल्ट बाँध्नुपर्छ । अर्कान्सासमा १५ बर्षमाथिका सबैले अगाडिको सिटमा सिटबेल्ट बाँध्नुपर्छ । कनेक्टिकटमा ८ बर्षमाथिका सबैले सबै सिटमा सिटबेल्ट बाँध्नुपर्छ । डेलावरमा १६ बर्षमाथिका सबैले अगाडिको सिटमा सिटबेल्ट बाँध्नुपर्छ ।

वासिंटन डिसीमा १६ बर्षमाथिका सबैले अगाडिको सिटमा सिटबेल्ट बाँध्नुपर्छ । फ्लोरिडामा ६ देखि १७ बर्षसम्मकाले सबै सिटमा र ६ बर्षभन्दा माथिका सबैले अगाडिको सिटमा सिटबेल्ट लगाउनुपर्छ । जर्जियामा ८ देखि १७ बर्षकाले पछाडिको सिटमा पनि र ८ बर्षमाथिका अरु सबैले अगाडिको सिटमा सिटबेल्ट लगाउनुपर्छ । हवाईमा ८ बर्षमाथिका सबैले सबै सिटमा सिटबेल्ट बाँध्नुपर्छ । इलिनोय र इन्डियानामा १६ बर्षमाथिका सबैले सबै सिटमा सिटबेल्ट बाँध्नुपर्छ । आयोवामा पछाडिको सिटमा बस्नेलाई सिटबेल्ट अनिवार्य छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कन्सासमा १४ देखि १७ बर्षका सबैले सबै सिटमा सिटबेल्ट बाँध्नुपर्छ । अगाडिको सिटमा बस्ने १४ बर्षदेखि माथिका सबैले सिटबेल्ट लगाउनुपर्छ । केन्टकीमा पनि ८ बर्षमाथिका सबैले सबै सिटमा सिटबेल्ट बाँध्नुपर्छ । तर बच्चा ८ बर्षभन्दा कमको भएपनि उचाई धेरै छ भने सिटबेल्ट लगाउनुपर्छ । लुजियानामा १३ बर्षमाथिका सबैले सबै सिटमा सिटबेल्ट बाँध्नुपर्छ । मेरिल्याण्डमा १६ बर्षभन्दा कमकाले सबै सिटमा र १६ बर्षमाथिकाले अगाडिको सिटमा सिटबेल्ट लगाउनुपर्छ । मिसिगनमा १६ माथिकाले अगाडिको सिटमा सिटबेल्ट बाँध्नुपर्छ, पछाडिको सिटमा अनिवार्य छैन ।

मिनेसोटामा ८ बर्षमाथिका सबैले सबै सिटमा सिटबेल्ट बाँध्नुपर्छ । तर बच्चा ८ बर्षभन्दा कमको भएपनि उचाई धेरै छ भने सिटबेल्ट लगाउनुपर्छ । मिसिसिपीमा ७ बर्षमाथिका सबैले सबै सिटमा सिटबेल्ट बाँध्नुपर्छ । न्युजर्सीमा ८ बर्षमाथिका सबैले सबै सिटमा सिटबेल्ट बाँध्नुपर्छ । तर बच्चा ८ बर्षभन्दा कमको भएपनि उचाई धेरै छ भने सिटबेल्ट लगाउनुपर्छ । न्यु मेक्सिकोमा १८ बर्षमाथिका सबैले सबै सिटमा सिटबेल्ट बाँध्नुपर्छ । नर्थ क्यारोलिनामा १६ बर्षमाथिका सबैले सबै सिटमा सिटबेल्ट बाँध्नुपर्छ । नर्दन मेरियाना आइरल्याण्डमा पनि ६ बर्षमाथिका सबैले सबै सिटमा सिटबेल्ट बाँध्नुपर्छ । ओक्लोहोमा १३ बर्षमाथिकाले अगाडिको सिटमा सिटबेल्ट लगाउनुपर्छ, पछाडिको सिटमा अनिवार्य छैन ।

रोढ आइल्याण्ड र साउथ क्यारोलिनामा ८ बर्षमाथिका सबैले सबै सिटमा सिटबेल्ट बाँध्नुपर्छ । टेनेसीमा १६ बर्षमाथिकाले अगाडिको सिटमा सिटबेल्ट लगाउनुपर्छ, पछाडिको सिटमा अनिवार्य छैन । टेक्सासमा ८ बर्षमाथिका सबैले सबै सिटमा सिटबेल्ट बाँध्नुपर्छ । तर बच्चा ८ बर्षभन्दा कमको भएपनि उचाई धेरै छ भने सिटबेल्ट लगाउनुपर्छ । युटाहमा १६ बर्षमाथिका सबैले सबै सिटमा सिटबेल्ट बाँध्नुपर्छ । भर्जिन आइल्याण्डमा अगाडिबस्ने सबैले सिटबेल्ट लगाउनुपर्छ, पछाडिको सिटमा अनिवार्य छैन । वासिंटन राज्यमा १६ बर्षभन्दा माथिका सबैले सबै सिटमा सिटबेल्ट बाँध्नुपर्छ । तर बच्चा १६ बर्षभन्दा कमको भएपनि उचाई ४ फिट ९ इन्चभन्दा धेरै छ भने सिटबेल्ट लगाउनुपर्छ ।

वेष्ट भर्जिनियामा ८ देखि १७ बर्षसम्मकालाई अगाडिको सिटमामात्र सिटबेल्ट अनिवार्य छ भने पछाडिको सिटमा कसैलाई अनिवार्य छैन । विसकन्सिनमा ८ बर्षमाथिका सबैलाई सबै सिटमा सिटबेल्ट अनिवार्य छ । कोलोराडोमा १६ बर्षमाथिका सबैले अगाडिको सिटमामात्र सिटबेल्ट अनिवार्य छ भने पछाडिको सिटमा कसैलाई अनिवार्य छैन । आइरदायोमा ७ बर्षमाथिका सबैले सबै सिटमा सिटबेल्ट बाँध्नुपर्छ । मासाचुसेट्समा १३ बर्षमाथिका सबैले सबै सिटमा सिटबेल्ट बाँध्नुपर्छ । मिजौरीमा ८ देखि १५ बर्षका सबैले सबै सिटमा सिटबेल्ट लगाउनुपर्छ भने १६ बर्षमाथिकाले अगाडिको सिटमामात्र लगाए पुग्छ ।

मोन्टानामा ६ बर्षमाथिका सबैले सबै सिटमा सिटबेल्ट बाँध्नुपर्छ । नेब्रास्कामा १८ बर्ष माथिकाले अगाडिको सिटमामात्र सिटबेल्ट अनिवार्यरुपमा लगाउनुपर्छ । पछाडिको सिटमा कसैलाई अनिवार्य छैन । नेभाडामा भने ६ बर्षमाथिका सबैले सबै सिटमा सिटबेल्ट बाँध्नुपर्छ । नर्थ डाकोटामा १८ बर्षमाथिकाले अगाडिको सिटमा र १८ बर्षभन्दा कमकाले सबै सिटमा सिटबेल्ट लगाउनुपर्छ । ओहायोमा ८ देखि १४ बर्षकाले सबै सिटमा र १५ देखि माथिकाले अगाडिको सिटमा सिटबेल्ट अनिवार्य रहेको छ । पेन्सिलभेनियामा ८ देखि १७ बर्षका सबैलाई सबै सिटमा सिटबेल्ट अनिवार्य छ, अरुलाई छैन ।

साउथ डाकोटमा १८ बर्षमाथिकालाई अगाडिको सिटमामात्र सिटबेल्ट अनिवार्य छ । भर्मोन्टमा १८ बर्षमाथिका सबैलाई सबै सिटमा सिटबेल्ट अनिवार्य छ । भर्जिनियामा १८ बर्षभन्दा कमको व्यक्तिले सबै सिटमा र १८ बर्षभन्दा माथिकाले अगाडिको सिटमा सिटबेल्ट लगाउनुपर्छ । त्यस्तै वायोमिंगमा ९ बर्षमाथिका सबैले सबै सिटमा सिटबेल्ट लगाउनुपर्छ । यी राज्यहरुमा सिटबेल्ट नलगाएका कारण हुने जरिवाना फरक फरक रहेको छ ।

फरक फरक राज्यका फरक फरक नियम भएतापनि आफ्नो सुरक्षाका लागि सबै सिटमा बस्नेले सिटबेल्ट लगाउनु उचित विचार हो । बाहिरको राज्यबाट आउनेहरुले पनि उक्त राज्यमा प्रवेश गर्ने बित्तिकै त्यही राज्यको नियम मान्नुपर्छ । त्यसैले यात्रा गर्दा सिटबेल्टका नियमबारे जाँच गर्नुहोला । नत्र जरिवानामा परिएला । सामान्यतया बयस्कका हकमा यात्रुलाई नै जरिवाना गराइन्छ भने कम उमेरकाहरुका हकमा चालकले जरिवाना तिनुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com