१९५० को सन्धी संशोधनको औपचारिक प्रस्ताव


प्रकाशित मिति : आश्विन १९, २०७३ बुधबार

नेपाल र भारत प्रबुद्ध समूहको मंगलबार सुरु बैठकमा नेपालले औपचारिक रूपमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि संशोधनको प्रस्ताव गरेको छ । त्यसैगरी दुई देशको व्यापार तथा पारवहनको विषयले पनि बैठकमा प्राथमिकता पाएको छ । प्रबुद्ध समूहको नयाँदिल्लीस्थित सचिवालयमा सुरु बैठकमा नेपाली प्रबुद्ध समूहका संयोजक भेखबहादुर थापाले पहिलो सत्रमै सन्धि संशोधनको प्रस्ताव राखेका हुन् ।

‘हामीले सन् १९५० को शान्ति तथा मैत्री सन्धी संशोधनको प्रस्ताब गर्‍यौ’ संयोजक थापाले कान्तिपुरसित भने, ‘अब यसबारे दुबैपक्षबीच छलफल सुरु भयो ।’ नेपाली पक्षको मागअनुसार १९५० को सन्धि संशोधनको विषय प्रबुद्ध समूहको पहिलो एजेन्डा भएको छ । नेपाल र भारतबीच भएका सन्धि–सम्झौता पुनरावलोकनको सिफारिस गर्न प्रबुद्ध समूह गठन गरिएको हो । समूहको सिफारिसका आधारमा दुई मुलुकबीच वार्ता हुनेछ ।

१९५० को सन्धिमा उल्लेख गरिएका प्रावधानहरूमध्ये नेपालले तेस्रो मुलुकबाट सैन्य सामग्री आयात गर्दा भारतीय पक्षको अनुमति लिनुपर्ने, प्राकृतिक स्रोत साधनमा भारतलाई पहिलो प्राथमिकता दिनुपर्नेलगायत विषयमा संशोधन गर्नुपर्ने प्रस्ताव राखेको स्रोतले बतायो । दुवै देशका नागरिकलाई सम्पत्ति किनबेचमा बराबर हैसियतमा राख्ने प्रावधान पनि नेपालले हटाउन खोजेको कान्तिपुरमा खबर छ । भियनालगायत अन्य सन्धि–सम्झौता भएपछि सन् १९५० को सन्धिका केही प्रावधान प्रभावकारी नभएकाले त्यसलाई हटाउनुपर्ने प्रस्ताव नेपाली पक्षले गरेको हो ।

‘सन् १९५० को सन्धि दुवै पक्षलाई कसरी अझ स्वीकार्य बनाउने भन्ने विषयमा व्यापक कुराकानी भएको छ तर त्यसमा अहिलेसम्म कुनै ठोस प्रगति भइसकेको छैन,’ भारतीय प्रबुद्ध समूहका सदस्य महेन्द्र पी लामाले भने । उनले नेपाली पक्षले राखेको सुरक्षालगायत विषयमा समेत कुराकानी भएको जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com