अमेरिकी सरकारको युएससीआईएसले नयाँ डिजाइनको अमेरिकी नागरिकता जारी गर्ने भएको छ । अमेरिकी नागरिकता प्राप्त गर्ने आप्रवासी र अमेरिकामा जन्मिने दुबैका लागि नयाँ डिजाइनको नागरिकता जारी गर्न लागिएको हो ।
जालसाजी रोक्ने सुरक्षा विशेषता र समृद्ध ग्राफिक्ससहित नयाँ डिजाइनको अमेरिकी नागरिकता जारी गर्न लागिएको युएससीआईएसले जनाएको छ । डिजाइन नयाँ भएपनि आवेदन दिने र प्राप्त गर्ने तरिका भने पुरानो नै हुनेछ ।
पहिले जारी भइसकेका अमेरिकी नागरिकताका प्रमाणपत्र भने अद्यावधिक नै रहनेछन् । तर कसैको नागरिकता हराएमा वा कुनै जानकारी सच्यानुपरेमा भने त्यस्तो व्यक्तिले नयाँ डिजाइनको नागरिकता प्राप्त गर्न सक्नेछन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।