वृद्धभत्ताको निर्णय गैरजिम्मेवारीपूर्ण-एमाले
प्रकाशित मिति : माघ ११, २०७४ बिहीबार
नेकपा एमालेले ६५ वर्ष उमेर पूरा भएका जेष्ठ नागरिकलाई वृद्धभत्ता दिने गरी सरकारले बुधबार (हिजो) गरेको निर्णयलाई सस्तो लोकप्रियताका लागि गरिएको बताएको छ ।
बिहीबार आयोजिति पत्रकार सम्मेलनमा एमालेले सो निर्णयलाई कामचलाउ भइसकेको सरकारले जेष्ठ नागरिकको सम्मान गर्न नभई सस्तो लोकप्रियताका लागि गरिएको गैर जिम्मेवार काम भएको बताएको हो । बजेटमा उल्लेख नै नभएको यो कार्यक्रम कसरी लागू गर्ने नसकिने भन्दै उमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले सस्तो लोकप्रियताका लागि स.कट सिर्जना गर्न खोजेको बताए । ‘यो निर्णय जेष्ठ नागरिकको सम्मान र सुरक्षाको दायरा बढाउन होइन’ उनले भने ‘सस्तो लोकप्रियताको लागि हो । बजेटमा उल्लेख नै नभएको यो कार्यक्रम कसरी लागू गर्ने ?’
बुधकार बसेको मन्त्रीपरिषद बैठकले यसअघि ७० वर्ष भएपछि मात्र पाइने बृद्ध भत्ताको उमेरलाई ५ वर्ष घटाएर ६५ वर्ष कायम गरेको थियो ।