पार्टी एकता निष्कर्षमा : नेम्वाङ
प्रकाशित मिति : माघ ६, २०७४ शनिबार
काठमाडौं, ६ माघ । नेकपा (एमाले) का नेता सुवास नेम्वाङले एमाले र नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता निष्कर्षमा पुगिरहेको जानकारी दिएका छन् ।
संघीय मामिला तथा कानून विभाग अनेरास्ववियुले आज यहाँ ‘सत्ता हस्तान्तरणको वर्तमान गतिरोध तथा तीन तहको जनउत्तरदायी सरकारः अधिकार र कर्तव्य’ विषयमा गरेको अन्तक्र्रिया कार्यक्रममा उनले वाम गठबन्धन मिल्नुको कुनै पनि विकल्प नभएकाले चाँडै नै दुई पार्टी एक हुने बताएका हुन ।
संविधानको गलत व्याख्या गरेर नयाँ सरकार गठनको गतिरोध हट्न नसकेको उल्लेख गदै उाले भने, “संविधानको कमजोरीले नयाँ सरकार गठनमा अड्चन आएको भनेर व्याख्या गरियो । गतिरोध हट्नका लागि संविधानको कमजोरी छैन । हाम्रौ कमजोरी हो ।”
संविधानसभाका पूर्वअध्यक्षसमेत रहेका नेम्वाङले संविधानले अधिकार र कर्तत्वमात्र बाँड्ने भन्दै ती संविधानले दिएका अधिकार र कर्तत्वको परिपालन वुद्धि विवेक र क्षमताले नगर्दा अहिलेको नयाँ सरकार गठनमा गतिरोध आएको बताए ।
कार्यक्रममा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् नगर्दा नयाँ सरकारमा ढिलाइ भएको बताए।
नयाँ सरकारका लागि कानूनी जटिलता भए पनि फुकाउन सकिने भन्दै सरकारले परिमाणलाई सर्हष स्वीकार गर्न नसक्दा नयाँ सरकार गठनमा गतिरोध आएको बताए ।
कार्यक्रममा एमालेका पोलिटब्यूरो सदस्य परशुराम मेघी गुरुङले नयाँ सरकारले नयाँ योजना र नीति ल्याएर मुलुकलाई समृद्धि बनाउने बताए।
कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष नवीना लामाले अब बन्ने सरकारले विद्यार्थीको हकहितका लागि ध्यान दिनुपर्ने विचार व्यक्त गरिन।