सार्क सम्मेलन गराउन नेपालको पहल


प्रकाशित मिति : आश्विन १५, २०७३ शनिबार

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क को १९ औं शिखर सम्मेलनमा चार सदस्य राष्ट्रले सहभागिता नजनाउने भएपछि उत्पन्न अन्योल चिर्न अध्यक्ष राष्ट्र नेपालले पहल गर्ने भएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार ऋषिराज अधिकारीले सार्क सम्मेलन सम्भव भए तोकिएको समयमा गर्न नभए सक्दाे चाँडाे गर्न नेपालले अध्यक्षको नाताले भूमिका निर्वाह गर्ने बताए । तर, सबै सदस्य राष्ट्रसँग छलफल गर्ने अग्रसरता भने नेपालले देखाएको छैन । नेपालले सार्क देशका राजदूतहरूसँग छलफल गर्न पहल गरिरहेको छ ।

अध्यक्ष मुलुक भएका कारण तटस्थ बस्नुपर्ने भएकाले पनि नेपालले सार्क सम्मेलन गर्ने वातावरण बनाउन सदस्य राष्ट्रहरूलाई आग्रह गरिरहेको छ । बुधबार राति नेपालले सबै राष्ट्रले वातावरण बनाउनुपर्ने भन्दै विज्ञप्ति निकालेको भए पनि बिहीबार पुन: अर्को विज्ञप्ति निकालेर सार्कको आयोजक राष्ट्र पाकिस्तानले त्यस्तो वातावरण बनाउनुपर्ने जनाएको कान्तिपुरमा खबर छ ।

सार्क बडापत्रमा एक सदस्य मुलुक उपस्थित नभए पनि शिखर सम्मेलन नहुने व्यवस्था छ । चार सदस्य मुलुक बंगलादेश, भुटान, अफगानिस्तान र श्रीलंकाले एकैपटक अहिलेको अवस्थामा शिखर सम्मेलनमा सहभागी नहुने बताइसकेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालले सबै सदस्य राष्ट्रसित छलफल गरी स्थान परिवर्तन गराएर भए पनि सम्मेलन गराउन सक्दा मुलुकको कूटनीतिक हैसियत माथि उठ्ने कूटनीतिज्ञहरू बताउँछन् । सार्कमा दुईपक्षीय मामिला प्रतिनिधित्व हुन नहुने र पछिल्लो शिखर सम्मेलनअनुरूप मन्त्रीस्तरबाट तिथि तय भएपछि सार्न नहुने भन्ने प्रावधानलाई अघि बढाएर स्थान परिवर्तन गरेर भए पनि शिखर सम्मेलन गर्नुपर्ने उनीहरू बताउँछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com