टिपिएसबारे एनआरएनए न्यूयोर्कले अन्तक्र्रिया गर्ने


प्रकाशित मिति : २७ पुस २०७४, बिहिबार

अमेरिकाले नेपाललाइ दिदै आएको टेम्पोरेरि प्रोटेक्टेड स्टाटस (टिपिएस) नविकरणका बारे विभिन्न आशंका उब्जिरहेको सन्दर्भमा गैरआवसीय नेपाली संघ अमेरिका, न्यूयोर्क च्याप्टरले टिपिएसको भविश्य बारे बृहद अन्तक्र्रिया गर्ने भएको छ ।

च्याप्टरको गत डिसेम्बर २६ तारिख बसेको बैठकले टिपिएस व्याप्त अन्योललाइ चिर्न कानून व्यवसायी र आम सरोकारवालाको विचमा एक आगामि जनावरि १४ तारिखका दिन सार्वजनिक कार्यक्रम गर्ने निर्णय गरेको हो । ओमशक्ति मन्दिर, ज्याक्सन हाइटस्मा हुने कार्यक्रममा कानूनविद्धहरु खगेन्द्र जिसी, केशवराज सेढांइ र गिरिजा गौतमले परामर्श दिनुहुने छ । कानूनविद्धहरुले उपस्थित टिपिएसग्राहि तथा अन्य सहभागीको कानूनी जिज्ञासाको समाधान गर्नुहुनेछ । टिपिएस नविकरण नहुने अवस्था आएमा टिपिएसग्राहिका लागी अन्य बैधानिक विकल्पहरु के के हुनसक्छन् भन्ने बिषयमा पनि कानून व्यवसायीले परामर्श दिने एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारिले बताउनु भयो । कार्यक्रमा नेपाली महाबाणिज्य दुतावास न्यूयोर्कका महाबाणिज्यदुत मधु मरासिनीले टिपिएस नविकरणका सम्बन्धमा नेपाल सरकारले गरिरहेको पहलका बारेमा जानकारि दिनुका साथै सहभागीको जिज्ञासाको जवाफ पनि दिनुहुनेछ । पत्रकार किरण मरहठ्ठाले संचालन गर्ने कार्यक्रम दिउसो ३ बजेबाट शुरु हुनेछ ।


अमेरिकाले २०१५ को विनासकारि भूकम्प पश्चात नेपाललाइ २०१५ को डिसेम्बरदेखि लागु हुने गरि टिपिएस सुविधा प्रदान गरेको थियो । गतबर्ष डेढबर्षको लागी नविकरण गरिएको टिपिएसको म्याद यहि जुनमा सकिदैछ । अमेरिकी सरकारले निकारागुवा, हैटि र एल साल्भाडोरको टिपिएस नविकरण नगर्ने निर्णय गरिसकेको छ भने आगामी अप्रिल भित्र नेपालको बारेमा निर्णय गर्ने सम्भावना छ । टिपिएस सुविधा प्राप्त नेपालीको संख्या १४ हजार आठसय छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com