ठोरीलाई प्रदेश नं.३ मा समायोजन गर्ने प्रचण्डको प्रतिवद्धता


प्रकाशित मिति : पुस १०, २०७४ सोमबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्साको ठोरीलाई प्रदेश ३ मा समायोजन गर्ने प्रतिबद्धता जनाएका छन्।  ठोरी नाकाको अवलोकन भ्रमणका क्रममा सोमबार विहान ठोरी पुगेका अध्यक्ष प्रचण्डले यहाँका वासिन्दाको चाहना अनुसार वाम गठबन्धनको नेतृत्वमा बन्ने सरकारले ठोरीलाई प्रदेश नं.३ मा समायोजन गर्ने प्रतिवद्धता जनाएका हुन्।

ठोरीका वासिन्दासँग अन्तर्क्रिया गर्दै अध्यक्ष प्रचण्डले गाउँपालिकाले समेत सर्वसम्मत रुपमा प्रदेश–३ मा समायोजनका लागि निर्णय गरिसकेकाले पनि अब छिट्टै नै ठोरी गाउँपालिकालाई प्रदेश ३ मा लगिने प्रष्ट पारे।

ठोरीलाई प्रदेश नं.३ मा राख्न राजनीतिक दलहरुबीच पहिले नै सहमति भएको भए पनि मधेस आन्दोलनका कारण त्यतिबेला निर्णय हुन नसकेको उनको भनाइ छ।

ठोरी–चितवन नाकाको अवलोकनपछि ठोरी वनशक्ति मन्दिर प्राङ्गणमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आउने सरकारले ठोरी भन्सार नाकाको स्तरोन्नति गरी ठोरीदेखि चीनको केरुङ नाकासम्मको सडक निमार्णलाई तिब्रता दिने बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com