राष्ट्रसंघको प्रतिबन्ध ‘युद्धको कदम’


प्रकाशित मिति : पुस ९, २०७४ आईतबार

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले संयुक्त राष्ट्रसंघले प्योङयाङविरुद्ध लगाएको पछिल्लो नाकाबन्दी ‘युद्धको कदम’ भएको जनाएको छ।

केसीएनएले राष्ट्रसंघको पछिल्लो कदम ‘पूर्ण आर्थिक नाकाबन्दी सरह’ भएको र ‘अमेरिकालाई निराश बनाउन आफ्नो पारमाणविक क्षमतालाई सुदृढ गर्ने एक मात्र विकल्प भएको’ जनाएको छ।

यसअघि राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाको तेल आयातमा ठूलो स्तरमा प्रतिबन्ध लगाउने पक्षमा सर्वसम्मत मतदान गरेको थियो।

उत्तर कोरियाले हालै क्षेप्यास्त्र परीक्षण गरेकोमा प्रतिक्रियास्वरुप सुरक्षा परिषद्ले कडा प्रतिबन्धहरु लगाउन सर्वसम्मतिले शुक्रवार मतदान गरेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक पाइला पनि पछि हट्दैनौँ: उत्तर कोरिया

अमेरिकाले युद्ध घोषणा गर्यो: उत्तर कोरिया

कदम

अमेरिकाले तयार पारेको प्रस्तावमा उत्तर कोरियाको तेल आयात ९० प्रतिशतसम्मले घटाउनेसहितका कदमहरु समावेश छन्।

उत्तर कोरियाका प्रमुख व्यापार साझेदारहरु चीन र रुसले पनि प्रतिबन्धको पक्षमा मतदान गरेका थिए।

किम

उत्तर कोरियाले पहिल्यैदेखि अमेरिका, संयुक्त राष्ट्रसंघ र युरोपेली संघका कैयौँ प्रतिबन्धहरु झेलिरहेको छ।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले “प्रतिबन्धहरुले प्योङयाङले थप अवज्ञा गरे अझै दण्ड पाउने र उसलाई एक्ल्याइने स्पष्ट सन्देश दिएको” बताएकी थिइन्।

तनाव

वाशिङटनले सन् २००८ देखि नै प्योङयाङविरुद्ध प्रतिबन्धहरु लगाउँदै आएको छ।

उसले उत्तर कोरियाका व्यक्तिगत तथा पारमाणविक कार्यक्रमसम्बन्धी कम्पनीहरुको सम्पत्ति रोक्का गर्दै आउनुका साथै प्योङयाङलाई सामान निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ।

उत्तर कोरियाको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई लिएर यो वर्ष तनाव चुलिएको छ।

विश्व शक्तिहरुले बन्द गर्न दबाब दिइरहे पनि उत्तर कोरियाले आफ्ना पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com