प्रचण्डले भने : नेपाललाई समृद्धिको युगमा लैजान सक्छौं कि सक्दैनौं भन्ने चुनौती छ


प्रकाशित मिति : पुस ९, २०७४ आईतबार

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका राजनीतिक दल तथा नेताका सामु मुलुकलाई आर्थिक समृद्धिमा लैजानुपर्ने चुनौती भएको बताएका छन्। रुपन्देहीको भैरहवामा शनिबार नेपाल जेसिजको ४४औं महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशभित्रै आत्मसम्मानका साथ आत्मनिर्भर भएर बाँच्नसक्ने अवस्थामा मुलुकलाई लग्ने वाचा गरे। उनले भने ‘विकास र समृद्धिको युगका रुपमा लैजान सक्छौं कि सक्दैनौं भन्ने चुनौती छ, यसलाई हामी सबै दलहरुबीच सहमति जुटाएर, विकासका लागि एकैठाउँमा उभिएर अघि बढ्नेछौं।’ नेपालको आर्थिक हैसियतका कारण नेपालीहरुले विदेशमा अपमान सहनुपरेको घटना सुनाउँदै उनले अब नेपालको राजनीति नेपालको आर्थिक हैसियत परिवर्तनका लागि केन्द्रित हुने बताए।

‘हामी नेपालीहरु कोही अर्बपति, करोडपति पनि छौं, केही नेपाली अर्बपति भए पनि नेपाल गरिब मुलुकको रुपमा परिचित भएकाले हामीले अन्तर्राष्ट्रिय फोरमहरुमा अपमानित हुदै आएका छौं’ उनले भने ‘हामी सबै समृद्ध नेपाल बनाउनेतर्फ लागेर यसलाई ठीक उल्टो गरी हामी गरीबै भएपनि नेपालको समृद्धि देखेर विश्वले सम्मान गर्ने अवस्था ल्याउनुछ।’ मुलुक लामो समयसम्म राजनीतिक संघर्ष र अराजकताबाट गुज्रिएर आएको स्मरण गर्दै उनले अब मुलुक आर्थिक विकास र समृद्धितर्फ लाग्ने बताए। ‘राजनीतिक दल र नेताहरुका लागि एउटा अग्निपरीक्षाको घडी छ, नेपाललाई नयाँ बाटो दिएर विकास र समृद्धितर्फ लैजान्छन् या सक्दैनन् भन्ने कुरा विश्वले हेरिरहेको छ।’

‘युवाहरुको लागि राम्रो भविष्य, संस्कार र राजनीतिक आधार दिनसक्ने या नसक्ने भन्ने यक्ष प्रश्न हामी सामु छ, यो अवसर आएको छ, इतिहासको एउटा कोर्स कम्प्लिट गरेका छौं, अब अर्को कोर्समा हामी प्रवेश गर्दैछौं त्यो हो आर्थिक विकास र समृद्धि’ प्रचण्डले भने। उनले विदेशमा युवाहरु भयानक अवस्थामा बाँच्नुपर्ने र दुःखदायी ढंगले मनुपर्ने अवस्थाको अन्त्य गर्ने बताए।

उनले आर्थिक विकास र समृद्धिका लागि सबै राजनीतीक दलहरुबीच सहकार्य जरुरी रहेको बताए। चुनावी नतिजाले दलहरु साना ठूला आकारमा गएपनि देशलाई स्थायीत्व दिई समृद्ध बनाउन सहकार्य आवश्यक रहेको उनले औल्याए। उनले राजनीतिक घटना क्रममा कोही सानो र कोही ठूलो दल भए पनि लोकतन्त्रको सुदृढीकरण, विकास र समृद्धिका निम्ति सबै मिल्नुको विकल्प नभएको बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वास्थ्यमन्त्री दीपक बोहराले आर्थिक समृद्धिका मुद्दामा अबको राजनीति केन्द्रित हुने बताउँदै युवालाई विदेश पलायनबाट रोक्नेगरी कार्यक्रमहरु ल्याउने बताए।  राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष समेत रहेका बोहराले मुलुकको विकास गर्न युवाहरुको ठूलो भूमिका रहने बताउँदै जेसीज महाधिवेशनले युवाहरुको नेतृत्व विकास सँगसँगै आर्थिक विकासका मुद्दालाई प्राथमिकता दिने विश्वास व्यक्त गरे।

खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाकले विधिको शासनमा विश्वास राख्ने जेसीजमा आवद्ध युवाहरु अब मुलुकमा स्थायित्व र विकासका लागि लाग्नुपर्नेमा जोड दिए।  नेपाल जेसीजका अध्यक्ष प्रकाश अधिकारीले राजनीतिक अस्थिरताका कारण केही गर्छौं भन्ने युवाहरुलाई स्वदेशमा पर्याप्त अवसर नभएको बताए। तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com