राजा महेन्द्रले नेपाललाई यसरी भारतबाट जोगाएका थिए


प्रकाशित मिति : पुस ८, २०७४ शनिबार

पुष १ गते राजा महेन्द्रलाई स्मरण गरिन्छ । वि.सं. २०१९ देखि वि.सं. २०२८ सम्म शासन व्यवस्था समालेका राजा महेन्द्र नेपालको ईतिहासमा स्वाभिमानी र देशभक्त राजा मानिन्छन् । राजा महेन्द्रले दलीय व्यवस्थालाई अन्त्य गरी २०१९ मा नेपालको नयाँ संविधान जारी गराएका थिए । तत् पश्चात नेपालमा पञ्चायती व्यवस्थाको शुरुवात भएको थियो । उनले पञ्यायती व्यवस्था सुरु गरेका कारण नेपाल पराधिन हुन परेन् । तसर्थ राजा महेन्द्र त्यति आलोचित भने भएनन् । वि.सं. २००७ सालमा प्रजातन्त्र आउँनुमा विदेशी शक्ति ईन्डियाको महत्वपूर्ण योगदान रहेको थियो । कांग्रेसले राणा विरुद्ध शुरु गरेको आन्दोलन पनि भारतकै भूमिबाट शुरु गरेको थियो । वि.पी लगायतका नेताले भारतीय भूमि प्रयोग गरेर आन्दोलनको शुरु गरेका हुन् ।

राणाको निरङ्कुस्ता विरुद्धको आन्दोलनलाई सफल पार्न राजा त्रिभुवनलाई ईन्डियाले नेपालबाट भगाउन सहयोग गरेको थियो । नेपालमा तत्कालीन आवस्थामा एयरपोट नभएको हुँदा राजा त्रिभुवनलाई भगाउन कै निम्ति एयरपोट समेत बनाईएको थियो । कांग्रेस र ईन्डियाको सहयोगमा राजा त्रिभुवनालाई भारत भगाईए पश्चात भारतको रोहवरमा राजा, राणा र कांग्रेसको सहमतिमा प्रजातन्त्र ल्याईएको थियो । त्यस पश्चात १०४ वर्षको जहानिया राणा शासनको विधिवत रुपमा अन्त्य भएको थियो । तर नेपालमा राणा शासनको अन्त्य भएको लगत्तै भारतीय हस्तक्षेप बढ्न थाल्यो ।

वि.सं. २००७ मा नै विवादित नेपाल–भारत शान्ति तथा मैत्री सन्धि १९५० समेत भयो । सन्धि नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री मोहन शम्शेर जबरा र भारतीय राजदूत चन्द्रेश्वर नारायण सिंहको हस्ताक्षरमा ३१ जुलाई १९५० मा भएको थियो ।

सन्धिका कारण ईन्डियाले अझै नेपाललाई दुख दिने गरेको छ । ईन्डियाले नेपालमा प्रजातन्त्र आउन सहयोग गरेबापत विभिन्न स्थानमा बाणिज्य दूतावास राखेको थियो । बाणिज्य दूतावास भारतीय सेनाबाट अवकाश प्राप्त गोरखा सेनालाई पेन्सन दिने नाऊँमा राखिएको भएता पनि त्यसले नेपालमा प्रत्येक्ष हस्तक्षेप गर्ने गर्दथ्यो । त्यस्तै राजाको निजि सल्लाहकार तथा संसदमा प्रतिनिधि समेत भारतीय बस्ने गरेको थियो । देशमा प्रजातन्त्र त आयो तर विदेशीको हस्तक्षेप भने ह्वात्तै बढेको थियो । नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डता माथी नै खतरा बढ्दै गएको थियो । त्यससँगै नेपालले स्थिरता पाउन सकेन् । वि.सं. २०१९ सालमा शासन व्यवस्था समाले पश्चात देश नयाँ राजनितिक व्यवस्थामा पुग्यो । संसदीय व्यवस्थालाई विघटन गरी राजाले नेपालको नयाँ संविधान लागू गराए । राजा महेन्द्रले २०२८ सम्म शासन गर्दा थुप्रै कामहरु भए । विशेष गरी राष्ट्रिय हित र राष्ट्रिय स्वाधिनतालाई लागि धेरै ठुलो काम गरे । राजाको निजि सल्लाहकार भारतीय प्रनिधिनि रहने, मन्त्री परिषदमा भारतीय प्रतिनिधि रहने, संसदमा भारतीय प्रतिनिधि रहने, सिमामा भारतीय सेनाको चेक पोष्ट हटाए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै नयाँ मुलुकी ऐन आयो, जाती छुवाछुत विरुद्ध कानुन बने, थुप्रै पुर्वाधारको विकास भए, भूमि सुधार ऐन २०२१ जारी गरियो । नागरिकता सम्बन्धी व्यवस्थालाई राष्ट्रिय हित अनुकुल बनाईयो, सेनालाई आधुनिकिकरण गरियो, विदेशी मुलुकसित नयाँ सम्बन्ध स्थापित गरियो, त्यस्तै वि.सं २०२४ मा गाऊँ फर्क राष्ट्रिय अभियान चलाईयो, नेपालमा भारतीय मुद्रा प्रयोगको अन्त्य गराईयो । यसरी राजा महन्द्रले शासन गर्दा राष्ट्र हित र पूर्वाधार विकासमा थुप्रै कामहरु गरे । तसर्थ राजा महेन्द्रको शासनकाललाई नेपालको ईतिहासमा राजा पृथ्वीनारायण शाह पछिको सफल राजा मानिन्छ । उनको शासन कालभन्दा अघि हुन नसकेका कामहरु त्यतिखेर भए ।

राजा महेन्द्रकै कारण ईन्डियाले नेपाललाई पराधिन बनाउन सकेन् । ईन्डिया बेलायती उपनिवेशबाट स्वतन्त्र भए लगत्तै ईन्डियाले दक्षिण एसियाको मुलुकहरुलाई आफूमा विलय गराउन प्रयत्न ग¥यो । सन् १९७१ मा सिक्किमलाई आफूमा विलय गरायो भने १९७५ मा पाकिस्तानलाई टुक्रायो । यसरी भुटानलाई पनि अर्धऔपनिवेशिक अवस्थामा पुरायो । तर नेपाललाई भने सकेन्, त्यसमा राजा महेन्द्र पनि योगदान रहेको छ ।

वि.सं. २०२८ सालमा उनको निधन भयो । राजा महेन्द्रको निधनले उनका कैयन् योजना र निर्माण कार्यहरु भनेजस्तो सम्पन्न हुन सकेनन् । तर पनि उनको आधुनिक नेपाल निर्माणमा भने ठूलो योगदान रहेको छ । विदेशी नितिमा समेत सफल राजा महेन्द्रको नितिलाई आजको राजनितिज्ञहरुले समेत अनुशरण गर्नुपर्ने देखिन्छ । मुलुक सानो र कमजोर भएता पनि विदेशी हस्तक्षेपलाई रोकेर उनले राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई संरक्षण गराएका थिए । उनकै कारण आज हामीले गर्व साथ हामी नेपाली भन्न पाएका छौं । नेपालको अस्तित्व रक्षार्थ र विकासको निम्ति पुराएको उनको योगदानबाट सबै पाठ सिक्नुपर्ने देखिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com