बिप्लव कार्यकर्ता सुमनसिंहको पत्र सुरक्षाकर्मीलाई


प्रकाशित मिति : मंसिर २३, २०७४ शनिबार

प्रिय सुरक्षाकर्मि मित्रहरु,

म सबै होनाहार युवा सुरक्षाकर्मी मित्रहरुलाइ हृदय देखिनै स्मरण गर्न चाहान्छु । पछिल्लो राजनितिक घटनाक्रम र उत्पन्न हाम्रो देश र नागरिकहरुको संकट र यसको सामधानको बिसयमा, विभिन्न प्रतिकुल समयको बाबजुत पनि छलफल गर्दै तपाईं हामी यहाँ सम्म आइपुगियो । एकातिर मुलुकको अस्तब्यस्त संकट र अर्को तर्फ त्यस संकट थोपर्ने पात्रहरुको कथित सरकारी फरमान पालना बिचको अंतर्विरोधमा तंपाइहरु गुज्रदैं, घोसित तथाकथित संघ र प्रदेशको निर्वाचन सम्पन्न गराउन तपाईंहरु लाग्नै पर्ने स्थिती बन्यो । तपाइहरु बेथिती र दण्डहिनताले ग्रसित समाजलाइ कानुनी राज्यको प्रत्याभुती दिलाउन इमान्दारिता पुर्वक आफ्नो डिउटिमै लाग्नु भयो । हामी यो कथित संसदिय राज्य ब्यवस्थाको अन्त्य गर्दै रास्ट्र र जनतालाइ निकास दिन यो निर्वाचन खारेजीको अभियानमा हामी हाम्रो डिउटिमै लाग्यौं । दलाल संसदिय ब्यवस्थाको लामो लुट शृङ्खलाको कारण क्षत बिक्षत बनिसकेको बिघटन उन्मुख गराउन खोजिएको हाम्रो प्यारो देशलाइ पुनर्गठित गर्दै कानुनी राज्य स्थापित गराउने हाम्रो डिउटी र तपाइहरुको डिउटिको उदेश्यमा फरक केही छैन, यधपी फरक यंहानेर हुन पुग्यो तपाईंहरु कागजी र कथित प्रक्रियाहरुको शिरोधार्य गर्दै दुसित फरमान पालना गर्न बिवश बन्नु पर्यो, हामी स्वाधिन स्वतन्त्र र इमान्दारिता पुर्ण उदेश्यले प्रेरित बन्दै, जनबिरोधी लुटाहाहरुको अनेकौं सड्यन्त्रलाई चिर्दै अबिचलित रुपमा कानुनी राज्य, विधि बिधानले परिचालित अनुशासित मर्यादित र समृद्ध नागरिक र राज्यलाइ स्थापित गर्न संघर्षमा जमेर लाग्नु पर्यो ।

मलाइ याद छ,
एकजना प्रहरी मित्रसंग कुनै दिन मेरो कुरा भएको थियो , उंहाले जागिर खाएको १२ बर्स बितिसकेको थियो । उंहाको २०/२१ हजार तलब रहेछ, उंहाको ५ जनाको परिवार त्यही २० हजारमा आश्रति थियो । उंहाको एउटा भाइ कतारको घाममा, अर्को दाजु साउदिको घाममा, बिमारी आमा र परिवारको अरु दायित्व उंहाको निम्ति बोझ सरह बनेको थियो । हाम्रो कुरै कुरा, मैले उंहासग केही प्रश्न गरेको थिंए तपाइलाइ यो तलबले पुग्छ ? किन पुग्थ्यो बच्चाको स्कुल फिस महिनाको ५ हजार, आमाको औषधि महिनाको २ हजार , ग्यांस १५ सय , चामल, सब्जी , कपडा , खाजा नास्ता, यातायात, संचार, मनोरंजन यी सबैकुरालाइ म्यानेज गर्दा उहाँ र उंहाको परिवारको ७०% इच्छा कटौती गरेर बांच्नु पर्ने स्थिती रहेछ । मानौं जम्मा जम्मि जीवनमा श्वास लिने भन्दा धेरै अरु कुरा हांसिल गर्नु असम्भबनै थियो । यो त सबै नेपाली नागरिकहरुको जीवनमा परेको छ । यति, थाहा नपाउने कुरानै भएन यधपी उहाँ प्रहरी मित्र र मैले जीवनलाई फेरि हेर्यौं । आंफुले काम गरेर पाएको तलबबाट घर बनाउने बचत उंहाले कहिलै गर्न सक्नु भएन, उपचारको निम्ति बचत, शिक्षाको निम्ति बचत, मनोरन्जनको निम्ति बचत अर्थात जीवनको खुसी र शुखको निम्ति १ रुपैयाँ बचत गर्न सक्नु भएन ।

जीवन यति निरस र बेरङ्गी बन्दै गएको छ सायद यो प्रहरीको मात्र होइन, आज सारा नेपाली नागरिकको जीवन यस्तै छ । बडो कालो, अँध्यारो, अनिश्चित, जीवनको घेराबन्दीमा परेर सारा नागरिक जिंउदो लास बन्नु परेको छ । यहि हाम्रो यथार्थता हो , अनि यो तितो यथार्थताको कारक दलाल नेता, भ्रस्ट कर्मचारी, माफिया र गुण्डाहरुको अमानबिय राज्य संचालनलाई जबर्जस्ति स्विकार्नु पर्ने हामी नागरिकहरुको अजिब बाध्यता हाम्रो बिचमा छ । तपाईहाम्रो छलफल, अन्तर्कृया र बहसमा यी सबै कुराहरु समेटिएका छन । हामिले सबै छलफल गरेकै हौं, गरेकै छौं, यति सम्म मालपोतका कर्मचारी, नापिका कर्मचारी, नगरपालिकाका कर्मचारी, अन्य कयौं सरकारी निकायका कर्मचारीहरु १० देखि ४ काम गर्दा रातारात गगनचुम्बी महल बनाउने, छोराछोरिलाइ राम्रो स्कुलमा पढाउने, दिनैजसो महङ्गो रक्सि र मनोरंजन गर्ने, घर घडेरी जोड्न सक्ने यधपी यहि राज्यमा २४ घण्टा डिउटी गर्ने प्रहरी चिसो राइफल समाएर रातारात देश र जनताको सुरक्षा भन्दै हिड्दापनी एक प्लेट मम खान १० चोटि सोच्नु पर्ने । २४ घण्टा डिउटी गर्ने प्रहरी र नागरिक आफ्नो रोग संग भन्दा अस्पतालमा लाग्ने शुल्क संग डराउनु पर्ने । यति सम्म निर्लज्ज र दुखका दिन आए यो देशमा कोहि इमान्दारले पनि केही दलाल र भ्रस्टहरुको झुठो खाएर आफ्नो इच्छा पूरा गर्नु पर्ने स्थितिमा यो राज्य आइपुग्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मैले मेरा प्रिय सुरक्षाकर्मि मित्रहरुलाइ स्मरण गरेर यो लेखिरहंदा, आफ्नो जुठो ख्वाएर, आफ्नो कुत्सित स्वार्थ र बैमानिको पसल चलाउनेहरुलाइ चिसो पस्दो हो । र भन्दा हुन यो प्रहरिलाइ उक्साउन भड्काउन लेखिरहेको छ । सोच्दा हुन यसले हाम्रो लुट र बैमानिको पसलमा ढुङ्गा हान्न थाल्यो । यसलाइ बांकी राख्नु हुन्न । यसलाइ सिध्याउनु पर्छ । तर, यो किमार्थ त्यस्तो होइन, यो देशलाई प्राण भन्दा माया गर्ने एक देशभक्त नागरिक र जनताको हरेक समस्याको हल गर्ने नीति अर्थात बैज्ञानिक समाजबादको पक्षपातीले समाजलाई बिघटन हुनबाट बचाउन उठाएका केही ज्वलन्त सवालहरु हुन ।

प्रिय सुरक्षाकर्मी मित्रहरु, तथाकथित संघ र प्रदेशको निर्वाचन सकिएपनी जनताहरुको व्यापक प्रतिरोधको बाबजुत यो निर्वाचनको औचित्य र यसले निर्वाचित गरेका पात्रहरुको भविस्य स्पस्ट गरेको छ । निर्वाचनको औचित्य जनस्तर बाट खारेज भयो भन्नेमा पुष्टि भएको छ भने , निर्वाचित पात्रहरुको भविस्य कतै गुण्डाले बिजय हांसिल गर्नु, कतै बिवादित प्रहरीले रातारात राजनितिमा उदाउन सफल हुनु , कतै करडौं पैसा बांडिनु, बदनियत पुर्ण स्वार्थ केन्द्रित एकता र गठबन्धन हुनु, समाजमा ठेकेदार, व्यापारी,गुण्डा, जमिनदार, जग्गा माफिया, मेडिकल र शिक्षा माफिया, नामुद भ्रस्टचारी, कुख्यात तस्करहरुको पुनरागमन हुनु र त्यही कोटिका केही नया अनुहारहरुको उदय हुनु यी सबै दृश्यले नेपालको राजनिती सर्वसाधरण नागरिकहरुको हितमा भन्दा, हरेक हिसाबले राज्यमा लुट मच्चाउनेहरुको जीवनलाई सहज र मलजल गर्नमा केन्द्रित हुनेछ भन्ने पनि पुष्टि हुन्छ । गठबन्धनको नामबाट समाजबादको नारा अलाप्ने केपि प्रचण्ड समुहको भ्रामक समाजबादी शिबिरले एउटा सुकुम्बासि भन्दा चुनाब खर्चको जोहो गर्ने भु माफियाको व्यापार चम्काउने निश्चित छ । एउटा बिमारी गरिबको जीवन भन्दा चुनाब खर्च जोहो गरिदिने मेडिकल माफियाको व्यापार चम्काउने निश्चित छ । एउटा गरिबको छोराछोरिको शिक्षा भन्दा चुनाब खर्च जोहो गरिदिने शैक्षिक माफियाहरुको व्यापार चम्काउने निश्चित छ । गरिब जनताको जीवन भन्दा, चुनाबमा अघि पछि हिड्ने गुण्डाहरुको गुण्डाराजलाई मलजल गराउने निश्चिति छ । निर्वाचित पात्रहरुको औचित्य यंहिनेर पुष्टि हुनेछ ।

अब सोचौं, कथित मालिकहरुको जुठो खाएर जीवनका सारा चाहाना र इच्छाको हत्या गर्न बिवश र लाचार बनिरहेको नेपाली समाजको भबिस्यलाई हामिले कसरी सुदृढ गर्ने ? कसरी हामिले हाम्रो प्राण भन्दा प्यारो रास्ट्र र हामी नागरिकहरुको जीवनलाई समृद्ध गर्न सक्छौं ? हाम्रो ध्यान यंहानेर नजाने हो भने यो रास्ट्र र नागरिकहरुको भबिस्यलाई बिघटित हुनबाट बचाउन सक्ने छैनौ । मेरो प्यारा युवा साथिहरु, सुरक्षाकर्मी मित्रहरु, देशभक्त आमा बुवा, दाजुभाइ दिदिबैनीहरु, यो मन यति धेरै तरङ्गित हुन्छ । यो मनमा यस्तो आंधी तुफान मडारिन्छ, कुनैपनि सर्तमा दलालहरुले अघाएर फ्यांकेको टुक्रा खाएर यो राज्यका नागरिकलाई बांच्न बिवश गराउने यो कलंकित राज्यको बिरुद्ध आवाज बुलन्द गर्न मन लाग्छ । अनि, रास्ट्रलाइ उपयुक्त निकाश दिन खोजिरहेको एउटा आशा र भरोसा नेकपा र बैज्ञानिक समाजबादको कठोर र निर्मम यात्राबाट प्रज्वलित भएर पड्किन इच्छा जागेर आउँछ ।

यसमा मेरो र हाम्रो केही दोश छ जस्तो लाग्दैन, दोश त तिनिहरुको हुनु पर्ने हो जसले आफ्नो लुट खसोटको साम्राज्यमा लाग्दै गरेको ग्रहणबाट अत्तालिएर हाम्रो बिरुद्ध सड्यन्त्र गर्ने, हामिलाइ मार्ने, हामिलाइ यातना दिने, हामिलाइ जेलमा हाल्ने कायरता प्रदर्शन गरिरहेका छन ।

जुठो खाएर बांच्न अभ्यस्त गराउदैं ल्याइएको नेपाली समाजको मानसिकतालाइ प्रयोग गर्दै, केही जुठो खाएरै आफ्नो गुजारा चलाउने केही पात्रहरुलाइ आर्थिक प्रलोभन, केही पदोन्नतिको प्रलोभन देखाएर क्रान्तिकारिहरुको हत्या गराउने सम्ममा सड्यन्त्र भैरहेको गन्ध आउन थालेको छ । अंहकार र आडम्बरले ग्रसित केही नेता र माफियाहरुको यो दुस्शाहस र सडयन्त्रलाइ हामिले बुझ्ने कि नबुझ्ने ? एउटाकुरा हेक्का रहोस, कुत्सित मानसिकताबाट संचालित आपराधिक संसदिय राजनिती र यसका संचालकहरु बिरुद्धको हाम्रो आन्दोलन कुनैपनि हालतमा कुनैपनी सम्झौतामा रोकिनेवाला छैन । हामिलाइ हाम्रो भौतिक शरीरको भन्दा सम्मुनत र स्वाधिन यो देशको लाखौं गुणा ज्यादा माया छ । हामी कसैको पैसा, कुनै स्वार्थ, कसैको जुठोबाट प्रभाबित छैनौ, हामी बैज्ञानिक समाजबाद र एकीकृत जनक्रान्तिको महान उदेश्यबाट प्रज्वलित भएका छौं । हामी एक सुता, एक इन्च हल्लिने र गल्ने छैनौ । बलिदानको बाटोलाइ सहर्स स्विकार्दै दुनिया बदल्न हिंडेका हामी सिपाहिहरुको बिरुद्ध हुने सबै प्रकारको सड्यन्त्रको मुकाबिला गर्न हामी तयारनै छौं ।

यधपी, हाम्रा केहि प्रिय सुरक्षाकर्मी मित्रहरु र प्यारा केही युवा साथिहरुलाइ यो महान अभियानको बिरुद्ध लाग्न विभिन्न तवरले प्रभाबमा पार्न खोजिंदैछ । यसले हाम्रो सुमधुरता र सहकार्यलाइ अमिलो बनाउने देखिन्छ । कात्रो बोकेर हिंडेको योद्धा संग निर्ममतापुर्बक भिडाउन ठुला भनिएका केही जानपहिचानहरु षड्यन्त्र गर्दैछन भन्ने हाम्रै बजारमा हल्ला चल्न थालेको छ ।

यो देशलाई सबै प्रकारको प्रतिक्रियाबादी सड्यन्त्रबाट बचाउदै निकास दिन जरुरी छ । आउनुस हामी एकाकार बनेर दलाल बिरुद्ध लढौं । आउनुस सहकार्य गरौं, तर किमार्थ दम्भ, आडम्बर र अंहकारबाट प्रेरित भएर हामी बिरुद्ध सड्यन्त्र गर्ने दुश्सास कंही कतैबाट नहोस । यसैमा हामी सबैको भाबी दिन सुखद हुने छ ।

धन्यबाद,

तंपाइहरुको प्यारो सुमनसिंह

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com