अमेरिकी अदालतबाट ५ बर्षमा २ हजार ३८ नेपालीलाई शरण


प्रकाशित मिति : मंसिर २३, २०७४ शनिबार

विगत पाँच बर्षमा अमेरिकाको अध्यागमन अदालतबाट २ हजार ३८ जना नेपालीहरुको एसाइलम स्वीकृत गरिएको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांकले देखाएको छ । यी बाहेक युएससीआईएसबाटै अमेरिकामा शरणार्थीको मान्यता स्वीकृत हुनेहरुको विवरण भने अलग्गै छ । उनीहरुमध्ये अधिकांशले आफू माओवादी पीडित रहेको देखाउदै प्रमाणहरु पेश गरेका थिए ।

आर्थिक बर्ष सन् २०१२ देखि सन् २०१७ सम्मको अवधिमा नेपालीका २७ सय २२ वटा एसाइलमका मुद्दा अमेरिकाको अध्यागमन अदालतले फैसला गरिसकेको छ । जसमध्ये ७४ दशमलव ९ प्रतिशत मुद्दाहरु स्वीकृत भएका छन् ।

फैसला गरिएका मुद्दाहरुमध्ये २५६६ वटा मुद्दामा प्रतिनिधि राखिएका थिए भने १५६ वटा मुद्दा प्रतिनिधि नराखिएका मुद्दाहरु थिए । कुल २७ सय २२ मुद्दामध्ये २५ दशमलव १ प्रतिशत मुद्दाहरुमात्रै अस्वीकृत गरिएको अमेरिकी सरकारको ताजा तथ्यांकले देखाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com