संसदमा बहुमत गुमेपछि ट्रम्पको आक्रामक रणनीति: कट्टर सहयोगी स्टेफन मिलर ह्वाइट हाउसको मुख्य जिम्मेवारीमा
अमेरिकी राष्ट्रपति ट्रम्प । तस्वीर : म्याट राउर्के/एपी-रासस
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले संसदमा बहुमत गुमाएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको प्रशासनिक नेतृत्वमा ठूलो फेरबदल गरेका छन्। ट्रम्पले आफ्ना दीर्घकालीन सल्लाहकार तथा कडा अध्यागमन नीतिका मुख्य योजनाकार स्टेफन मिलरलाई ह्वाइट हाउसको नयाँ ‘चीफ अफ स्टाफ’ नियुक्त गरेका छन्।
मिलरले हालकी चीफ अफ स्टाफ सुजी वाइल्सको स्थान लिनेछन्। ह्वाइट हाउसमा पहिलो महिला चीफ अफ स्टाफका रूपमा सेवा गरेकी वाइल्सले बिहीबार राति पदबाट राजीनामा दिएकी हुन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत मिलरलाई आफ्ना “सबैभन्दा विश्वासिला सल्लाहकार” भन्दै प्रशंसा गरेका छन् र आगामी सोमबारदेखि यो नियुक्ति लागू हुने जानकारी दिएका छन्।
४१ वर्षीय स्टेफन मिलर ट्रम्पका पहिलो र दोस्रो कार्यकाल दुवैमा निरन्तर काम गर्ने थोरै सहयोगीहरूमध्ये पर्छन्। सन् २०२५ मा ट्रम्पको ह्वाइट हाउस पुनरागमनपछि डेपुटी चीफ अफ स्टाफका रूपमा रहेका मिलरले दैनिक ३,००० जनासम्म कानुनि हैसीयत नभएका आप्रवासी पक्राउ गर्ने आक्रामक लक्ष्यसहितको अध्यागमन नीति सञ्चालन गरेका थिए।
ह्वाइट हाउसका अधिकारीहरूका अनुसार, मध्यवधि चुनावमा पराजय भोगे पनि ट्रम्पले आफ्ना नीतिहरू सुधार्नुको सट्टा अझ आक्रामक र दृढ रूपमा अघि बढाउने उद्देश्यले मिलरलाई मुख्य जिम्मेवारी सुम्पेका हुन्।
डेमोक्रेटिक पार्टीले सिनेट र प्रतिनिधि सभा दुवैमा नियन्त्रण कायम गरेपछि ट्रम्प प्रशासनका कदमहरूबारे संसदीय छानबिन तीव्र पार्ने तयारी गरेको छ।
मिलरको नियुक्तिलाई लिएर आपत्ति जनाउँदै उनलाई “गैरजिम्मेवार अतिवादी” को संज्ञा दिएका छन्। ट्रम्पले चुनावको हारबाट केही नसिक्दै सबैभन्दा क्रूर नीतिका योजनाकारलाई अघि सारेको टिप्पणी गरेका छन्।मिलरका अध्यागमन नीतिको संसदीय छानबिन हुने भन्दै उनलाई “वकील तयार राख्न” चेतावनी दिएका छन्।





