२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

बालबालिकाको गोपनीयता उल्लङ्घन मामिलामा टिकटक र अमेरिकी जस्टिस डिपार्टमेन्टबिच ४० करोड डलरको सहमति

Photo: Solen Feyissa/ Unsplash

अमेरिकाको जस्टिस डिपार्टमेन्ट  र टिकटक तथा यसको मातृ कम्पनी बाइटडान्सबिच बालबालिकाको अनलाइन गोपनीयता कानुन उल्लङ्घन गरेको आरोप मिलापत्र गर्न ४० करोड अमेरिकी डलर (करिब ४०० मिलियन) को सहमति भएको छ। यो सहमतिसँगै टिकटकले कुनै थप कानुनी झन्झट वा आफ्नो गल्ती स्वीकार नगरी मुद्दा टुङ्ग्याउनेछ।

सन् २०२४ मा बाइडेन प्रशासनका बेला दायर गरिएको यस मुद्दामा टिकटकले ‘चिल्ड्रन्स अनलाइन प्राइभेसी प्रोटेक्सन एक्ट’को उल्लङ्घन गरेको आरोप लगाइएको थियो। टिकटकले १३ वर्षमुनिका बालबालिकाहरूलाई अभिभावकको स्वीकृतिबिनै साधारण खाता खोल्न दिएको र उनीहरूको व्यक्तिगत विवरण तथा इमेल सङ्कलन गरेको जस्टिस डिपार्टमेन्टको दाबी थियो।

सहमति अनुसार टिकटकले तत्काल ३० करोड डलर भुक्तानी गर्नेछ भने बाँकी १० करोड डलर पछि बुझाउनेछ। यो गोपनीयता कानुन अन्तर्गत इतिहासकै ठुला मिलापत्रहरूमध्ये एक हो।

 सन् २०२४ यता टिकटकले आफ्नो स्वामित्व, व्यवस्थापन, र गोपनीयता प्रणालीमा व्यापक सुधार गरिसकेको बताएको छ। ट्रम्प प्रशासनको दोस्रो कार्यकाल सुरु भएयता अमेरिकी कानुनी झन्झटबाट जोगिन टिकटकका लागि यो दोस्रो ठुलो सफलता मानिएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।