रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा संलग्न बैतडीका ३३ वर्षीय भाटको मृत्यु


प्रकाशित मिति : पुस १८, २०८२ शनिबार

रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका–७ काँडाका ३३ वर्षीय मनोजसिंह भाटको मृत्यु भएको पुष्टि भएको छ ।

करिब दुई वर्षअगाडि रुसी सेनामा भर्ती भएका भाट केही समयदेखि सम्पर्कविहीन भएकोमा ‘डिएनए’ परीक्षणबाट भाटको मृत्यु भएको जानकारी आएको मेलौली नगरपालिका–७ का वडाअध्यक्ष रामचन्द्र भट्टले बताए ।

भाटको कहिले मृत्यु भएको हो भन्नेबारे यकिन विवरण प्राप्त नभए पनि हालै मृत्यु भएको खबर परिवारलाई दिइएको उनले जानकारी दिए ।

मृतक भाटको घरमा आमा–बुबा, भाइ र श्रीमती छन् । भाटसँगै रुसी सेनामा भर्ना भएका मेलौली नगरपालिका–९ असुरका अर्जुनदत्त भट्टको पनि गत वैशाखमा मृत्यु भएको थियो । सोही समयदेखि भाटको खोजी भइरहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com