अमेरिकाको क्यालिफोर्नियामा एक बालकको जन्मदिनको पार्टीमा गोली चल्दा ४ जनाको मृत्यु


प्रकाशित मिति : मंसिर १४, २०८२ आईतबार

अमेरिकाको क्यालिफोर्नियास्थित स्टकटन सहरमा एक बालकको जन्मदिनको पार्टीको क्रममा गोली चल्दा चार जनाको मृत्यु भएको छ । शनिबार साँझ एक रेस्टुरेन्टमा भएको घटनामा दश जना घाइते भएका छन् ।

स्थानिय प्रहरीका अनुसार घटनाका पीडितहरूमा वयस्क र बालबालिका दुवै समावेश छन्। घाइतेहरूको अवस्थाबारे भने विस्तृत जानकारी सार्वजनिक गरिएको छैन । गोली चलाउने व्यक्ती अझै फरार रहेको र घटना “लक्षित” रूपमा गराइएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

सान जोआक्विन काउन्टी शेरीफ कार्यालयका अनुसार घटना स्थानीय समय अनुसार करिब शनिबार साँझ ६ बजेतिर भएको हो। प्रहरीले घटनाबारे कुनै प्रकारको जानकारी, भिडियो वा प्रत्यक्षदर्शीहरूको बयान माग गर्दै सार्वजनिक सहयोगका लागि आग्रह गरेको छ।

शेरीफ कार्यालयकी प्रवक्ता हेधर ब्रेन्टले घटनालाई “अकल्पनीय” भन्दै अहिले अनुसन्धान चलिरहेको र उपलब्ध जानकारी सीमित रहेको बताइन्। प्रारम्भिक अनुसन्धानले यो लक्षित आक्रमण हुनसक्ने देखिएको उनको भनाइ छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्टकटनकी मेयर क्रिस्टिना फुगाजिले घटनाप्रति दुख व्यक्त गर्दै यसलाई अस्वीकार्य भनेकी छिन् । “परिवारहरू यस्तो अवस्थामा अस्पताल धाउनुपर्ने होइन। उनीहरू आफ्नो प्रियजनको जीवनको लागि प्रार्थना गर्दै होइन, एकसाथ बस्नुपर्ने समय हो,” उनले भनिन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com