अमेरिकाको क्यालिफोर्नियामा एक बालकको जन्मदिनको पार्टीमा गोली चल्दा ४ जनाको मृत्यु


प्रकाशित मिति : मंसिर १४, २०८२ आईतबार

अमेरिकाको क्यालिफोर्नियास्थित स्टकटन सहरमा एक बालकको जन्मदिनको पार्टीको क्रममा गोली चल्दा चार जनाको मृत्यु भएको छ । शनिबार साँझ एक रेस्टुरेन्टमा भएको घटनामा दश जना घाइते भएका छन् ।

स्थानिय प्रहरीका अनुसार घटनाका पीडितहरूमा वयस्क र बालबालिका दुवै समावेश छन्। घाइतेहरूको अवस्थाबारे भने विस्तृत जानकारी सार्वजनिक गरिएको छैन । गोली चलाउने व्यक्ती अझै फरार रहेको र घटना “लक्षित” रूपमा गराइएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

सान जोआक्विन काउन्टी शेरीफ कार्यालयका अनुसार घटना स्थानीय समय अनुसार करिब शनिबार साँझ ६ बजेतिर भएको हो। प्रहरीले घटनाबारे कुनै प्रकारको जानकारी, भिडियो वा प्रत्यक्षदर्शीहरूको बयान माग गर्दै सार्वजनिक सहयोगका लागि आग्रह गरेको छ।

शेरीफ कार्यालयकी प्रवक्ता हेधर ब्रेन्टले घटनालाई “अकल्पनीय” भन्दै अहिले अनुसन्धान चलिरहेको र उपलब्ध जानकारी सीमित रहेको बताइन्। प्रारम्भिक अनुसन्धानले यो लक्षित आक्रमण हुनसक्ने देखिएको उनको भनाइ छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्टकटनकी मेयर क्रिस्टिना फुगाजिले घटनाप्रति दुख व्यक्त गर्दै यसलाई अस्वीकार्य भनेकी छिन् । “परिवारहरू यस्तो अवस्थामा अस्पताल धाउनुपर्ने होइन। उनीहरू आफ्नो प्रियजनको जीवनको लागि प्रार्थना गर्दै होइन, एकसाथ बस्नुपर्ने समय हो,” उनले भनिन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com