अमेरिकामा बैध आप्रवासन समेत घटाउन उपराष्ट्रपति भान्सको आव्हान
प्रकाशित मिति : कार्तिक १३, २०८२ बिहीबार
उपराष्ट्रपति जेडी भान्स वेस्ट कोलोनेडमा पैदल यात्रा गर्दै, शुक्रबार, जुलाई १८, २०२५। (डेनियल टोरोक/आधिकारिक ह्वाइट हाउस फोटो)
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बुधवार कानूनी अध्यागमनको गति कम गर्नुपर्ने कुरामा जोड समग्र बैध आप्रवासन सङ्ख्यालाई तल झार्नुपर्ने बताएका छन् । टर्निङ प्वाइन्ट युएसएद्वारा आयोजित मिसिसिपी विश्वविद्यालयको एक कार्यक्रममा उनले विद्यार्थीहरूको प्रश्नको जवाफा दिएका थिए । नी यस संस्थाका दिवङ्गत संस्थापक चार्ली कर्कले प्रायः निर्वाह गर्ने गरेको बहसमा भाग लिने व्यक्तिको भूमिकामा देखिएका थिए ।
कानूनी आप्रवासीहरूलाई स्वीकार गर्ने सङ्ख्या अहिलेको भन्दा धेरै कम हुनुपर्ने उनको अडान थियो । अडानमाथि प्रश्न गर्ने एक महिलाले दबाब दिँदा पनि उनले ठोस सङ्ख्या भने भनेनन् । उनले पूर्व राष्ट्रपति जो बाइडेनको अध्यागमन नीतिहरूको आलोचना गरेका थिए । बाइडेनको नीतिले धेरै मानिसहरूलाई देशमा प्रवेश गर्न दिएको र अमेरिकाको सामाजिक तानाबानालाई खतरामा पारेको उनको भनाइ थियो।
भान्सले यस्तो अवस्थामा समाजलाई अलिकति एकताबद्ध हुन दिनुपर्ने तथा अमेरिकी संस्कृतिमा आत्मसात गर्नका लागि साझा पहिचानको भावना निर्माण गर्नुपर्ने बताएका थिए । त्यसो नगरेसम्म कुनै पनि थप अध्यागमनको बारेमा सावधान रहनुपर्ने उनको भनाई थियो ।
भान्सले अनावश्यक विदेशी द्वन्द्वहरूमा अमेरिकीहरूको मृत्युबाट बच्नका लागि पनि जोरदार रूपमा कुरा गरेका थिए । तर उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्य पूर्व कूटनीति र इरानी आणविक केन्द्रहरूमा भएको हमलाको प्रशंसा गरेका थिए । जबकि अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेको र ट्रम्प प्रशासनले लागुऔषध ओसारपसार गरिरहेको भनिएका डुङ्गाहरूमा हमला गरिरहेको छ।
ट्रम्पले डेमोक्र्याट नेतृत्वका सहरहरूमा नेशनल गार्ड तैनाथ गर्दा भविष्यमा कुनै राष्ट्रपतिले त्यो सरकारी शक्तिलाई रिपब्लिकनविरुद्ध प्रयोग गर्नेछन् कि भन्ने प्रश्नमा उनले आफ्ना सहयोगीहरूले ट्रम्पको कार्यकारी शक्तिको प्रयोगको बारेमा चिन्ता लिनु नपर्ने बताए । उनले बाइडेन प्रशासनको समयमा ट्रम्पको गिरफ्तारीलाई औंल्याउँदै आफ्ना राजनीतिक शत्रुहरूलाई निशाना बनाउनुलाई न्यायसङ्गत ठहर गरेका थिए । ट्रम्पलाई उनको पहिलो कार्यकाल पछि गोप्य कागजातहरू अवैध रूपमा राखेको र आफूले हारेको २०२० को चुनावलाई उल्टाउन खोजेको आरोप लगाइएको थियो, तर उनी एक वर्षअघि दोस्रो कार्यकालको लागि निर्वाचित भएपछि ती आरोपहरू खारेज भएका थिए।
भविष्यमा डेमोक्र्याटहरूले पनि त्यसो गर्लान् कि भनेर कुनै काम गर्न डराउनु नहुने उनको भनाई थियो । रिपब्लिकनले गरे पनि वा नगरे पनि डेमोक्र्याटहरुले पहिले नै त्यसो गर्ने तयारी गरिरहेको उनको आरोप थियो । भान्सलाई कर्ककी विधवा एरिका कर्कले परिचय गराएकी थिइन्, जो आफ्ना पतिको हत्या पछि टर्निङ प्वाइन्टको नेतृत्व सम्हालेपछि पहिलो पटक सार्वजनिक रूपमा देखिएकी थिइन्।








