नविकरण आवेदन दिँदा वर्क परमिटको अवधि स्वत: विस्तारको नियम अन्त्य


प्रकाशित मिति : कार्तिक १२, २०८२ बुधबार

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले केही निश्चित वर्गका आप्रवासीहरूले नवीकरणको लागि आवेदन दिँदा वर्क परमिटको अवधि स्वतः विस्तार गर्ने अभ्यासलाई अन्त्य गरेको छ। यो अन्तरिम अन्तिम नियम अक्टोबर ३० मा फेडेरल रेजिस्टरमा प्रकाशित हुने तय भएको छ । यो परिवर्तन जुन अक्टोबर ३०, २०२५ वा सोभन्दा पछि दर्ता गरिएका आवेदनहरूमा लागू हुनेछ ।

गतबर्ष अमेरिकामा म्याद सकिएका निश्चित प्रकारका वर्क परमिटको अवधि स्वतः ५४० दिन थप्ने नियम युएससीआईएसले घोषणा गरेकोमा ट्रम्प प्रशासनले त्यसलाई उल्टाएको हो । गतबर्षको अस्थायी अन्तिम नियमले म्याद सकिएका कैयन वर्क परमिटको अवधि १८० दिनबाट बढाएर ५४० दिन बनाएको थियो ।

नयाँ नियमअनुसार वर्क परमिट नवीकरण आवेदन पेस गर्ने व्यक्तिहरूले आफ्नो मुद्दा विचाराधीन हुँदासम्म आफ्नो हालको वर्क परमिट कागजातको स्वत विस्तार अब पाउने छैनन्। एजेन्सीका अनुसार यो परिवर्तन विदेशीहरूको वर्क परमिट वा कागजातको वैधता विस्तार गर्नुअघि उनीहरूको उचित जाँच र छानबिनलाई प्राथमिकता दिन लक्षित छ।

यो नीति परिवर्तन ठूलो संख्यामा आवेदन र प्रशोधन ढिलाइको बीचमा आएको छ। युएससीआईएसको प्रतिवेदनअनुसार हाल वर्क परमिट आवेदनहरूको ठूलो मात्रा विचाराधीन छ। खासगरी १६ लाख ९८ हजार ५९९ वर्क परमिट आवेदनहरू निर्णयको पर्खाइमा छन्, जसमध्ये ९ लाख ११ हजार ९४६ आवेदन ६ महिनाभन्दा बढी समयदेखि विचाराधीन छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वर्क परमिटहरूको समग्र औसत प्रशोधन समय हाल ३ दशमलव ७ महिना छ। सेप्टेम्बर २०२५ को तथ्याङ्कले युएससीआईएसले २ लाख २५ हजार ५९५ नयाँ वर्क परमिट आवेदनहरू प्राप्त गरेको, २ लाख ६२ हजार ६८८ आवेदनहरू स्वीकृत गरेको र २२ हजार ९८० आवेदनहरू अस्वीकृत गरेको देखाउँछ।

तर, औसत प्रशोधन समय सबै वर्गमा एकसमान छैन । केही जोखिममा रहेका जनसंख्या र जटिल मुद्दाहरूको लागि यो धेरै लामो छ। उदाहरणका लागि, शरणार्थीको रूपमा भर्ना भएकाहरूका लागि वर्क परमिटको औसत प्रशोधन समय २० दशमलव ५ महिना छ।

अन्य वर्गहरूमा पनि ठूलो प्रतीक्षा समय छ। कामदार भिसा एचवान बीमा रहेकाहरुका दम्पत्तिको वर्क परमिटको निर्णय गर्न औसत १२ महिना लाग्छ, जबकि विचाराधीन शरण आवेदनको आधारमा वर्क परमिट नवीकरण गर्न औसत ६ दशमलव ५ महिना लाग्छ। ग्रिनकार्ड आवेदन विचाराधीन रहेकाहरूका लागि सर्भिस सेन्टर अपरेशनमा औसत समय ७ महिना छ।

नियममा सीमित अपवादहरू समावेश छन्, खासगरी टीपीएस सम्बन्धी वर्क परपमिटको लागि कानुन वा फेडेरल रेजिस्टर सूचनामार्फत प्रदान गरिएका विस्तारहरूका लागि यो छुट प्रदान गरिएको छ ।

सम्भावित समस्यालाई कम गर्न युएससीआईएसले प्रभावित व्यक्तिहरूलाई उनीहरूको हालको वर्क परमिटको म्याद सकिनुभन्दा १८० दिन अघिसम्म उचित रूपमा नवीकरण आवेदन दर्ता गरी समयमै नवीकरण गर्न बलियो सिफारिस गरेको छ। एजेन्सीले नवीकरण आवेदन ढिलो गर्दा विदेशीको रोजगार प्राधिकरणमा अस्थायी रूपमा अवरोध आउने सम्भावना बढ्ने चेतावनी दिएको छ।

यो अन्तरिम अन्तिम नियमले अक्टोबर ३०, २०२५ को प्रभावकारी मितिअघि नै स्वतः विस्तार भइसकेका वर्क परमिटहरूलाई भने असर गर्ने छैन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com