अमेरिकी अध्यागमन एजेन्टबाट भाग्ने क्रममा गाडीले ठक्कर दिँदा एक पुरुषको मृत्यु


प्रकाशित मिति : कार्तिक १०, २०८२ सोमबार

प्रदर्शनकारीहरूले सान फ्रान्सिस्कोमा शुक्रबार अमेरिकी अध्यागमन एजेन्सी आइसको कार्यालय बाहिर निकालेको जुलुस । (एपी फोटो/मिन्ह कोनर्स)

भर्जिनियाको व्यस्त राजमार्गमा अध्यागमन एजेन्टहरूबाट भाग्ने क्रममा सडकमा दौडँदा एक व्यक्तिको मृत्यु भएको छ। भर्जिनिया स्टेट पुलिस र होमल्याण्ड सेक्युरिटीका अनुसार होन्डुरसका एक पुरुषलाई आईस एजेन्टहरूले रोकेपछि राजमार्ग पार गर्ने प्रयास गर्दा एउटा पिकअप ट्रकले ठक्कर दिएको थियो।

भर्जिनिया स्टेट पुलिसले बिहीबार बिहान करिब ११ बजे नोर्फोकको इन्टरस्टेट २६४ इस्टबाउन्ड मा मिलिटरी हाइवे इन्टरचेन्ज नजिकै पैदल यात्रीको दुर्घटना भएको जानकारी प्राप्त गरेको थियो। पुलिसले एक पुरुषलाई २००२ फोर्ड पिकअपले ठक्कर दिएको पत्ता लगाएको र उनलाई घटनास्थलमै मृत घोषणा गरिएको जनाएको छ।

पुलिसले मृतकको पहिचान होन्डुरसका २४ वर्षीय जोसे क्यास्ट्रो रिभेराको रूपमा गरेको छ, यद्यपि परिवारका सदस्यहरूले उनको पहिलो नाम जोसुए भएको बताएका छन्।
उनी बिहीबार बगैंचामा काम गर्न जाँदै गर्दा अध्यागमन अधिकारीहरूले उनको गाडी रोकेका थिए ।

एजेन्टहरूले क्यास्ट्रो रिभेरा र अन्य तीन यात्रुलाई पक्राउ गर्ने प्रयास गरेपछि उनी पैदल भागेका थिए । इन्टरस्टेट २६४ पार गर्ने प्रयास गर्दा गाडीको ठक्करबाट उनको मृत्यु भएको थियो । क्यास्ट्रो रिभेरा चार वर्षअघि अमेरिका आएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले क्यास्ट्रो रिभेराको गाडीलाई लक्षित गुप्तचर आधारित कारबाहीको एक भागको रूपमा आईसले रोकेको थियो र यात्रुहरूलाई कानुनी अनुमति बिना देशमा बसोबास गरेको आरोपमा हिरासतमा लिइएको थियो। क्यास्ट्रो रिभेराले कडा प्रतिरोध गरेर भागेको र सोही क्रममा गुडिरहेको गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको होमल्यान्ड सेक्युरिटीले बताएको छ। दुर्घटनाको बारेमा अनुसन्धान जारी छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com