न्युयोर्क सिटीको क्यानल स्ट्रीटमा भएको अपरेशनमा आइसले पक्राउ गरेका ९ जना को हुन्?


प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार

आइस अधिकारी । फाइल तस्वीर । स्रोत : अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट

मंगलबार न्यूयोर्क सिटीको क्यानल स्ट्रिटमा अमेरिकी अध्यागमन निकाय (आइस) ले संचालन गरेको अपरेशनमा ९ जना कागजातविहीन आप्रवासीहरू पक्राउ परेका छन्। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले उनीहरूमाथि डकैती, घरेलु हिंसा, कानुन प्रवर्तनमाथि आक्रमण, नक्कली सामान, लागुऔषध तस्करी र जालसाजीसहितका आपराधिक रेकर्ड रहेको बताएको छ।

साथै, आइसका अधिकारीमाथि आक्रमण गरेको आरोपमा चार जनालाई र अवरोध गरेको आरोपमा अर्का एक जनालाई पनि पक्राउ गरिएको छ। आइसले नक्कली सामान बिक्री सम्बन्धी आपराधिक गतिविधिको लागि उक्त अपरेशन सञ्चालन गरिएको जनाएको छ।

पक्राउ परेका नौ जनामध्ये एकजना मालीका मामाडोउ एन्डोये नामका व्यक्ति हुन्। आइसका अनुसार अध्यागमन न्यायाधीशले उनलाई सन् २००८ मा देश निकाला गर्ने अन्तिम आदेश जारी गरेका थिए। उनी पहिले पनि आक्रमण, लापरबाहीपूर्वक खतरामा पार्ने, तेस्रो डिग्रीको नक्कली सामान, मोटर गाडीको अनाधिकृत प्रयोग, लागुऔषधको आपराधिक बिक्री, नियन्त्रित पदार्थ राखेको, बिक्रीका लागि गाँजा राखेको, कानुन प्रवर्तनलाई झूटा रिपोर्ट दिने र पक्राउको प्रतिरोधजस्ता अपराधहरूको अभियोगमा पक्राउ परेका थिए।

त्यस्तै मंगलबार पक्राउ परेका अर्का व्यक्ति सेनेगलका मुहम्मद नदिए रहेका छन्। उनलाई पहिले घरेलु हिंसा, डकैती, चोरीको सम्पत्ति प्राप्त गर्ने, चोरी, जालसाजीपूर्ण छल, जालसाजी, नक्कली सामान, नियन्त्रित पदार्थको बिक्री, अवरोध र अभद्र आचरणका लागि पक्राउ गरिएको थियो। उनी सन् १९९५ मा अमेरिका छोड्नुपर्ने गरी पर्यटक भिसामा अमेरिका प्रवेश गरेका थिए।

त्यस्तै, पक्राउ परेका अबुबकर डायकाइट कागजातविहीन रहेको र पहिले नक्कली सामानका लागि पक्राउ गरिएको आइसले जनाएको छ। अर्का व्यक्ति सेनेगलका इडी सरलाई अध्यागमन न्यायाधीशले सन् २०१० मा देश निकाला गर्ने अन्तिम आदेश जारी गरेका थिए। पहिले उनलाई अवरोध, जालसाजी कागजात, नक्कली सामान, रेकर्डिङको स्रोत खुलासा गर्न असफलता, लागुऔषध राखेको र बेच्ने मनसायले नियन्त्रित पदार्थ राखेको अभियोगका लागि पक्राउ गरिएको थियो।

त्यस्तै मंगलबार पक्राउ परेका सर्जिन डिओप नामका सेनेगलका व्यक्ति सन् २०२४ अप्रिलमा दक्षिण पश्चिम सीमा हुँदै अमेरिका प्रवेश गरेका थिए। सेनेगलकै मोडु एमबुप मंगलबार पक्राउ परेका थिए। कागजातविहीन उनको पहिले मेक्सिकन कानुन प्रवर्तनमाथि आक्रमण गरेको रेकर्ड थियो। उनी १४० जनाको लस्करमा सन् २०२३ सेप्टेम्बरमा मेक्सिको सीमा हुँदै अमेरिका प्रवेश गरेका थिए।

त्यस्तै सेनेगलकै अलीउने सय सन् २०२३ मे मा अमेरिका प्रवेश गरेका थिए र पर्यटक भिसाको म्याद सकिएपछि देश छाड्न असफल भएका थिए। माउरिटानियाका बोकार सोकोलाई पहिले तीन पटक दोस्रो डिग्रीको नक्कली सामानका लागि पक्राउ गरिएको थियो। उनी सन् २०२३ मे २४ मा २६ जनाको लस्करसहित अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए। मंगलबार पक्राउ परेका गिनीका अमादौ डायलो सन् २०२१ नोभेम्बरमा दक्षिण पश्चिम सीमा हुँदै भिसाविहीन रूपमा अमेरिका प्रवेश गरेका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com