प्रोस्टेट क्यान्सरको उपचारको लागि रेडिएसन थेरापी लिइरहेका पूर्वअमेरिकी राष्ट्रपति बाइडेन


प्रकाशित मिति : आश्विन २४, २०८२ शनिबार

पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेन अहिले प्रोस्टेट क्यान्सरका उपचारका क्रममा विकिरण (रेडिएसन) थेरापी लिइरहेका छन्। बाइडेनका प्रवक्ताले प्रोस्टेट क्यान्सरको उपचार योजनाको हिस्साको रूपमा राष्ट्रपति बाइडेनले हाल विकिरण थेरापी र हर्मोन उपचार गराइरहेको पुष्टि गरेका हुन् ।

बाइडेनका प्रवक्ताले भने, “प्रोस्टेट क्यान्सरको उपचार योजनाको हिस्सा रूपमा राष्ट्रपति बाइडन हाल विकिरण थेरापी र हर्मोन उपचार गराइरहेका छन्।”

बाइडेनको कार्यालयले गत मे महिनामा प्रोस्टेट क्यान्सर भएको घोषणा गरेको थियो। कार्यालयका अनुसार यो आक्रामक प्रकारको क्यान्सर भए पनि हर्मोन-संवेदनशील भएको कारण यसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने सम्भावना उच्च रहेको छ।

८२ वर्षका बाइडेनले मे महिनामै पत्रकारहरूसँग भनेका थिए, “यो उपचार मुख्यतः औषधि सेवनमा आधारित छ (करिब छ हप्तासम्म एउटा औषधि खाने र त्यसपछि अर्को सुरु गर्ने) । म ठिक महसुस गरिरहेको छु, उपचार राम्रोसँग अघि बढिरहेको छ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनको कार्यालयले बाइडेनको क्यान्सर ग्लीसन स्कोर ९ (ग्रेड समूह ५) को रूपमा वर्गीकृत गरिएको छ, जसको अर्थ यो अत्यन्त आक्रामक प्रकारको प्रोस्टेट क्यान्सर हो र हड्डीसम्म फैलिएको बताएको छ। यो अवस्था उच्च जोखिम समूहमा पर्ने भएकाले उपचार चुनौतीपूर्ण हुन्छ, तर हर्मोन-संवेदनशील भएको कारण उपचारको सफलता सम्भावना अझै बलियो रहेको राष्ट्रिय क्यान्सर संस्थाले जनाएको छ।

राष्ट्रिय स्वास्थ्य संस्थान (एनआइएच)का अनुसार प्रोस्टेट क्यान्सर अमेरिकी पुरुषहरूमा सबैभन्दा सामान्य क्यान्सर हो र क्यान्सरका कारण हुने मृत्युको दोस्रो प्रमुख कारण पनि हो। यस वर्ष मात्र करिब ३ लाख १३ हजारभन्दा बढी नयाँ केसहरू पत्ता लाग्ने अनुमान गरिएको छ। प्रोस्टेट क्यान्सरबाट पाँच वर्ष बाँच्ने दर झन्डै ९८ प्रतिशत रहेको एनआइएचले बताएको छ।

बाइडेनले यसअघि सेप्टेम्बरमा छालाको क्यान्सर हटाउन “मोह्स सर्जरी” गराएका थिए। सो उपचारपछि उनले हालको विकिरण थेरापी सुरु गरेका हुन्।

२०२४ को अमेरिकी राष्ट्रपति चुनावअघि नै बाइडेनको स्वास्थ्यलाई लिएर प्रश्न उठ्दै आएको थियो। उनले राष्ट्रपतीय उम्मेदवारी फिर्ता लिँदै उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्र्याटिक पार्टीको उम्मेदवारका रूपमा अघि सारेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com