ह्वाइट हाउसको आरोप – ‘नोबेल समितिले शान्तिभन्दा राजनीतिलाई बढी महत्व दिन्छ’


प्रकाशित मिति : आश्विन २३, २०८२ शुक्रबार

नर्वेजियन नोबेल समितिले यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोलाई प्रदान गरेको घोषणा गरेपछि अमेरिकामा राजनीतिक तरङ्ग पैदा भएको छ । ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुरस्कार नदिइएकोप्रति कडा आपत्ति जनाएको छ ।

ह्वाइट हाउसका प्रवक्ता स्टिभन चेङले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “राष्ट्रपति ट्रम्प शान्ति सम्झौता गर्न, युद्ध अन्त्य गर्न र जीवन बचाउन निरन्तर लागिरहनुहुनेछ । उहाँ मानवतावादी नेता हुनुहुन्छ । उहाँजस्तो इच्छाशक्तिले चमत्कार गर्न सक्ने व्यक्ति कहिल्यै देखिने छैन् ।”

चेङले नोबेल समितिमाथि राजनीति खेल्ने आरोप लगाउँदै भने, “नोबेल समितिले फेरि देखायो कि उनीहरूका लागि राजनीति शान्तिभन्दा माथि छ ।”

नोबेल समितिले माचाडोलाई पुरस्कार दिने निर्णयमा भने उनीहरूलाई “स्वतन्त्रताको लागि साहसी रक्षक” भन्दै प्रशंसा गरेको छ, जसले “निरंकुश शासनको विरुद्धमा उठेर प्रतिरोध गर्छन्।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले पछिल्ला महिनाहरूमा आफूले नोबेल शान्ति पुरस्कार पाउन योग्य रहेको दाबी गर्दै आएका छन् । उनले हालै गाजामा युद्धविराम र बन्धक सम्झौता सफल गराएको घोषणा गरेका थिए ।

राष्ट्रपति ट्रम्पले नोबेल निर्णयबारे प्रत्यक्ष प्रतिक्रिया नदिए पनि उनले ट्रुथ सोसलमार्फत समर्थकहरूले गाजा सम्झौतामा हर्ष व्यक्त गरिरहेका तीन भिडियो पोस्ट गरेका छन् ।

ट्रम्पले पदभार सम्हालेदेखि अहिलेसम्म ७ वटा युद्ध अन्त्य गरिसकेको दाबी गर्दै आएका छन् । उनले गत महिनामा अमेरिकी सैन्य अधिकारीहरूसँगको छलफलमा भनेका थिए, “के मलाई नोबेल पुरस्कार दिइन्छ ? बिल्कुलै होइन । उनीहरूले त्यो पुरस्कार त्यस्तो मान्छेलाई दिनेछन् जसले केही पनि गरेको छैन ।”

ट्रम्पले थपेका थिए, “यदि मलाई नोबेल दिइएन भने त्यो संयुक्त राज्यका लागि ठूलो अपमान हुनेछ ।”

नोबेल पुरस्कारका लागि नामांकन जनवरी ३१ सम्ममा गर्नुपर्ने प्रावधान छ । ट्रम्पले आफ्नो दोस्रो कार्यकालका लागि जनवरी २० मा ह्वाइट हाउसमा पुनः प्रवेश गरेका थिए ।

छुटाउनु भयो कि ?

भेनेजुएलाकी नेतृ मारिया कोरिना माचाडोलाई सन् २०२५ को नोबेल शान्ति पुरस्कार

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com