जन्मसिद्ध अमेरिकी नागरिक आइसद्वारा दुई पटक पक्राउ परेपछि सरकारविरुद्ध मुद्दा दायर


प्रकाशित मिति : आश्विन १५, २०८२ बिहीबार

लियोनार्डो गार्सिया भेनेगास नामका एक अमेरिकी नागरिकले अध्यागमन अधिकारीहरूद्वारा पछिल्ला महिनाहरूमा दुई पटक पक्राउ र हिरासतमा लिएको भन्दै सङ्घीय सरकारविरुद्ध मुद्दा दायर गरेका छन्। निर्माणस्थलमा भएको छापा मार्ने क्रममा दुई पटक पक्राउ परेका भेनेगास अलाबामाको बाल्डविनमा बस्दै आएका छन् ।

उनले ती गिरफ्तारीहरूलाई अनुचित रहेको बताउँदै अनुचित खोजीबाट जोगाउने चौथो संशोधनको उल्लङ्घन भएको दाबी गरेका छन्। भेनेगासका वकिलले मुद्दामा होमल्याण्ड सेक्युरिटीले उद्योगमा संलग्न ल्याटिनोहरू लगायत निश्चित समूहका मानिसहरू गैरकानुनी आप्रवासी हुन सक्ने सामान्य अनुमानको आधारमा सशस्त्र छापा मार्ने अधिकार दिएको बताएका छन् । अध्यागमन अधिकारीहरू एक पटक साइटमा पुगेपछि उनीहरूले कागजातविहीन जस्तो देखिने सबैलाई अग्रिम रूपमा नियन्त्रणमा लिने गरेका छन् ।

ट्रम्प प्रशासनको अध्यागमन कडाईको बीचमा यो मुद्दा निर्माण कार्य गरिरहेका अमेरिकी नागरिकहरू र कानुनी बासिन्दाहरूका तर्फबाट प्रस्तावित क्लास एक्सन उजुरी हो । मुद्दाले अध्यागमन अधिकारीहरूले होमल्याण्ड सेक्युरिटीले अपनाएका नीतिहरू लागू गरेको आरोप लगाएको छ । जसले सङ्घीय अध्यागमन अधिकारीहरूलाई व्यापक खोजी र पक्राउको शक्तिहरू प्रदान गर्छ।

आइसले अमेरिकी नागरिकहरूलाई पक्राउ वा निष्कासन नगर्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । कानून प्रवर्तनलाई अवरोध पुर्‍याएको वा आक्रमण गरेको कारणले अमेरिकी नागरिकहरूलाई पक्राउ गरिएको उनको दावी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुद्दा अनुसार अमेरिकामा जन्मेका भेनेगासलाई पहिलो पटक मे महिनामा हतियारसहित क्यामोफ्लाज पहिरिएका व्यक्तिहरूले एक निर्माण स्थलमा हिरासतमा लिएका थिए। अधिकारीहरूले गोरा र अश्वेत कामदारहरूलाई कुनै रोकटोक नगरी अगाडि बढेर सिधै ल्याटिनो कामदारहरूतिर गएको उनका वकिलको दावी छ ।

दुई हप्तापछि भेनेगासलाई अर्को निजी निर्माण स्थलमा फेरि पक्राउ गरिएको आरोप छ । जब अर्को अध्यागमन गस्तीले उनलाई काम गरिरहेको देख्यो र कुनै उचित शङ्का बिना नै लियोलाई कागजातविहीन ठानेको थियो । दुवै पटक उनले अधिकारीहरूलाई आफू अमेरिकी नागरिक भएको बताएको र रियल आईडी देखाएको भेनेगासले दाबी गरेका छन् । तर पनि अधिकारीहरूले उनलाई छाडेका थिएनन् ।

मुद्दामा भेनेगासजस्तै परिस्थितिमा कथित रूपमा हिरासतमा लिइएका १९ जना नागरिक र कानुनी बासिन्दाहरूको उदाहरण समावेश गरिएको छ। होमल्याण्ड सेक्युरिटीबाट जारी गरेको एक विज्ञप्तिमा भने लक्षित कार्यस्थल कारबाहीको क्रममा गार्सिया भेनेगासले गैरकानुनी आप्रवासीको कानुनी गिरफ्तारीलाई अवरोध गर्न र रोक्न प्रयास गरेका आरोप लगाइएको छ । उनी एजेन्टहरू र उनीहरूले पक्राउ गर्न खोजेको व्यक्तिको बीचमा शारीरिक रूपमा आएको र धेरै मौखिक आदेशहरूको पालना गर्न अस्वीकार गरेको आरोप लगाइएको छ । गार्सिया भेनेगासविरुद्ध उनको गिरफ्तारीको सम्बन्धमा कुनै आरोप दायर गरिएको थिएन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com