अमेरिकामा ओभरस्टे हुने नेपाली विद्यार्थीहरूको संख्यामा पुनः वृद्धि, १० प्रतिशतभन्दा धेरै ओभरस्टे


प्रकाशित मिति : आश्विन १०, २०८२ शनिबार

एआईको प्रयोगबाट बनाइएको तस्वीर ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक अनुसार आर्थिक वर्ष २०२४ मा अमेरिकामा ५०६ जना नेपाली विद्यार्थीहरू ओभरस्टे भएका छन्। एफ, एम र जे भिसामा आएका नेपाली विद्यार्थीहरूमध्ये ४ हजार ९ सय ३७ जनाले २०२४ मा अमेरिका छाड्नुपर्ने थियो। त्यसमध्ये, ४४ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडेका छन् भने ४६२ जना ओभरस्टे भईसक्दा पनि अमेरिकामा नै बसिरहेका छन्। यसरी अमेरिकामा ओभरस्टे हुने नेपाली विद्यार्थीहरूको दर १०.२५ प्रतिशत रहेको छ, जुन प्रतिशत र संख्या दुवै हिसाबले अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो।

आर्थिक वर्ष २०२३ मा भने ४,३९१ नेपाली विद्यार्थीहरू अमेरिका छोड्नुपर्ने सूचीमा थिए। तीमध्ये २३ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडे भने ४२५ जना ओभरस्टे भईसक्दा पनि अमेरिकामा नै बसे। नेपाली विद्यार्थीको कुल ओभरस्टे दर २०२३ मा १०.२० प्रतिशत देखिएको थियो।

यद्यपि, २०२३ को तथ्यांक आर्थिक वर्ष २०२२ को तुलनामा सुधारिएको थियो। किनभने २०२२ मा ४,०८३ नेपाली विद्यार्थीहरूलाई अमेरिका छोड्नुपर्ने सूचीमा राखिएको थियो। तीमध्ये ३७ जनाले ओभरस्टे भएपछि अमेरिका छाडे भने ६४३ जना ओभरस्टे भईसक्दा पनि अमेरिकाभित्रै बसे। त्यस वर्ष नेपाली विद्यार्थीहरूको कुल ओभरस्टे दर १६.६५ प्रतिशत थियो।

सीबीपीको व्याख्या अनुसार अमेरिकामा कानुनतः प्रवेश गरेका तर आफ्नो स्वीकृत बसोबास अवधिभन्दा लामो समय बसेकाहरू ओभरस्टे भएका मानिन्छन्। यो अवधि निश्चित समयावधि वा कुनै विशेष क्रियाकलाप जस्तै पूर्ण अध्ययन कोर्ष वा कुनै प्राविधिक वा व्यावहारिक तालिम कार्यक्रमको अवधिसम्मको हुन सक्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले थप व्याख्या गर्दै भनेको छ: “विदेशी नागरिकले आफ्नो आगमनको उद्देश्य पूरा गरेपछि वा त्यो उद्देश्यको लागि समर्पित गतिविधिमा संलग्न नरहेपछि स्वीकृत बसोबास अवधि समाप्त हुन्छ। उदाहरणका लागि, अध्ययनका लागि अमेरिका प्रवेश गरेका विद्यार्थीले आफ्नो कार्यक्रम समाप्त गरेपछि अमेरिका छोड्नुपर्छ, अर्को आप्रवासन स्थिति परिवर्तन गर्नुपर्छ, वा अर्को अध्ययन कार्यक्रममा अगाडि बढ्नुपर्छ।”

सेभिजको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा विद्यार्थी भिसामा अध्ययनरत नेपाली विद्यार्थीहरूको संख्या ३४ हजार ८ सय ७ रहेको छ। अगस्टको सुरुमा अमेरिकाका विभिन्न शिक्षण संस्थामा सक्रिय विद्यार्थीहरूको संख्या ३० हजार १९ रहेकोमा सेप्टेम्बरमा यो संख्यामा उल्लेख्य वृद्धि भएको हो। जुलाईमा यो संख्या ३० हजार ८ सय ४० रहेकोमा अगस्टमा अचानक घटेको थियो।

सेप्टेम्बरमा अमेरिकामा सक्रिय नेपाली विद्यार्थीहरू ३४ हजार ८ सय ७ मध्ये १९ हजार ५ सय ८० जना पुरुष रहेका छन् भने १५ हजार २ सय २५ जना महिला रहेका छन्। शैक्षिक तह अनुसार, ६ हजार ८ सय ३६ जना एसोसिएट, १२ हजार ६ सय ८२ जना ब्याचलर्स, ४ हजार ३ सय ३६ जना डाक्टरेट र ६४ जना फ्लाइट स्कुल मा अध्ययन गरिरहेका छन्। त्यस्तै, ३२३ जना भाषा तालिम कक्षा मा अध्ययन गरिरहेका छन् भने १० हजार ३ सय ३१ जनाले मास्टर्स गरिरहेका छन्। २२६ जना अन्य कक्षाहरूमा सहभागी छन् भने ९ जना सेकेण्डरी स्तरमा विद्यार्थी भिसामा अध्ययनरत छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com