भिजिटर भिसामा अमेरिका आएका १०६४ नेपाली ओभरस्टे


प्रकाशित मिति : आश्विन १०, २०८२ शनिबार

एआईको सहयोगबाट निर्मित तस्वीर

गत आर्थिक बर्षमा भिजिटर भिसामा अमेरिका आएका १०६४ नेपाली ओभरस्टे भएको रिपोर्ट अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको छ । यो संख्या गत आर्थिक बर्ष २०२४ मा अमेरिकामा ओभरस्टे हुने नेपालीहरुको संख्या हो । आर्थिक बर्ष २०२४ मा अमेरिकामा भिजिटर भिसामा आएका ३४ हजार ७० जना नेपालीहरुले अमेरिका छाड्नुपर्ने थियो तर त्यसमध्ये ८९२ जना ओभरस्टे भइसकेपछि पनि अमेरिकामा बसिरहे भने १७२ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडेको रिपोर्टमा उल्लेख छ ।

आर्थिक बर्ष २०२४ मा भिजिटर भिसामा ओभरस्टे हुने नेपालीको कुल दर ३ दशमलव १२ प्रतिशत रहेको छ भने ओभरस्टे भएर अमेरिका छाडेकाबाहेक ओभरस्टे भएपछि पनि अमेरिकाभित्रै बसिरहने नेपालीहरुको दर २ दशमलव ६२ प्रतिशत रहेको छ । ओभरस्टे हुने १०६४ जना नेपालीहरुमा अमेरिकामा भिजिटर भिसामा आएर अरु स्टाटसका लागि आवेदन दिने, स्टाटस परिवर्तन गर्ने, भिसा थप गर्ने, ग्रिनकार्ड आवेदन दिने लगायतका नेपालीहरुको संख्या भने समावेश छैन । यो संख्या कुनै पनि अध्यागमन कदम नचाली भिजिटर भिसामा ओभरस्टे भएर बस्ने नेपालीहरुको हो ।

आर्थिक वर्ष २०२३ मा नेपालीको कुल ओभरस्टे दर ४ दशमलव १९ प्रतिशत थियो, जुन आर्थिक बर्ष २०२४ मा भने घटेको छ । २०२३ मा अमेरिकाभित्रै ओभरस्टे भएर पनि बस्ने नेपालीहरुको दर ३ दशमलव ६ प्रतिशत थियो। यो दर पनि २०२४ मा घटेको छ । २०२३ मा २४,७२३ अपेक्षित प्रस्थानहरूमध्ये १,०३६ जनाले ओभरस्टे भए जसमा ८९० अमेरिकाभित्रै ओभरस्टे भएर बसे भने १४६ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडे ।

आर्थिक वर्ष २०२२ मा भने नेपालीको कुल ओभरस्टे दर अत्यन्तै उच्च अर्थात् १२ दशमलव ३१ प्रतिशत थियो, जसमा अमेरिकाभित्रै ओभरस्टे भएर बस्ने दर १० दशमलव ८९ प्रतिशत थियो। १४,६९९ अपेक्षित प्रस्थानहरूमध्ये १,८०९ जनाले ओभरस्टे गरे, जसमा १,६०१ अमेरिकाभित्रै ओभरस्टे भएर बसे भने २०८ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडे । सन् २०२१ मा कुल ओभरस्टे दर ८ दशमलव ५५ प्रतिशत थियो, ३,५०७ अपेक्षित प्रस्थानहरूमध्ये २९८ जनाले ओभरस्टे गरे, जसमा १४६ अमेरिकाभित्रै ओभरस्टे भएर बसे भने १५२ जना ओभरस्टे भइसकेपछि अमेरिका छाडे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोभिड १९ महामारीले सन् २०२० मा अवरोधहरू निम्त्याए पनि त्यस वर्ष १,२६१ नेपालीहरु भिजिटर भिसामा ओभरस्टे भए । कुल ओभरस्टे दर ४ दशमलव ५५ प्रतिशत थियो। २७,७१२ अपेक्षित प्रस्थानहरूमध्ये ७१७ अमेरिकाभित्रै ओभरस्टे भएर बसे भने ५४४ जना ओभरस्टे भइसकेपछि अमेरिका छाडे । सन् २०१९ मा कुल ओभरस्टे दर ३ दशमलव ३८ प्रतिशत थियो, २७,०९६ अपेक्षित प्रस्थानहरूमध्ये ९१६ ओभरस्टे भए । त्यसैगरी सन् २०१८ मा कुल ओभरस्टे दर ४ दशमलव ३६ प्रतिशत थियो, १,१८५ ओभरस्टे भए, जसमा ९७० अमेरिकाभित्रै ओभरस्टे भएर बसे भने २१५ जना ओभरस्टे भइसकेपछि अमेरिका छाडे ।

बाइडेन प्रशासनअघिका तथ्यांकहरूले केही वर्षमा नेपालीको उच्च ओभरस्टे दर देखाउँछन्। उदाहरणका लागि, सन् २०१६ मा ओभरस्टे दर ५ दशमलव ४५ प्रतिशत पुगेको थियो, १८,७७५ अपेक्षित प्रस्थानहरूमध्ये ९४६ ओभरस्टे थिए। यसको विपरीत सन् २०१७ मा ओभरस्टे दर २ दशमलव ३३ प्रतिशत थियो, २४,२४० अपेक्षित प्रस्थानहरूमध्ये ५६४ ओभरस्टे थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com