टेक्सासमा ललित प्रधानले श्रीमती र छोराको हत्या गरी आत्महत्या गरेको प्रारम्भिक खुलासा


प्रकाशित मिति : श्रावण २६, २०८२ सोमबार

टेक्सासको डलासमा एक घरमा भएको गोली प्रहारको त्रासदीपूर्ण घटनामा ५३ वर्षीय ललित प्रधान, उनकी श्रीमती र छोराको मृत्यु भएको छ। डलास प्रहरीका अनुसार डडली स्ट्रिटको १९०० ब्लकमा रहेको घरमा बिहान २ बजेर १० मिनेटतिर यो घटना भएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ललित प्रधानले आफ्नी ३७ वर्षीया श्रीमती रञ्जना श्रेष्ठ र ३ वर्षीय छोरा प्रणिश प्रधानलाई गोली प्रहार गरेको खुलेको छ। त्यसपछि प्रहरी घटनास्थलमा पुग्दा प्रधान आफैँ गम्भीर घाइते अवस्थामा फेला परेका थिए। उनको शरीरमा गोलीका चोटहरू पनि थिए। उनलाई तत्काल नजिकैको अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भयो। रञ्जना र प्रणिशको भने घटनास्थलमै मृत्यु भएको थियो।

घटना हुनु केही घण्टाअघि ललित प्रधानले सामाजिक सञ्जालमा एउटा हस्तलिखित पत्र पोस्ट गरेका थिए। उक्त पत्रमा उनले सन् २००९ देखि नै आफू पेटसम्बन्धी गम्भीर पीडाबाट गुज्रिरहेको उल्लेख गरेका छन्। लामो समयसम्म उपचार गराउँदा पनि रोग निको नभएको र औषधिहरूले काम नगरेको उनले लेखेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानले आफ्नो पत्रमा स्वास्थ्य समस्याका कारण आफूलाई दीर्घकालीन अनिद्रा र गम्भीर डिप्रेशन जस्ता मानसिक समस्याले सताएको बताएका छन्। उपचार खर्चका कारण परिवारको सबै बचत सकिएको र मेडिकेड वा सामाजिक सुरक्षा लाभका लागि दिएका दुईवटै निवेदन अस्वीकृत भएको पनि उल्लेख गरेका छन्। प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com