आप्रवासीलाई सहयोग गरेको आरोपमा एक अमेरिकी न्यायाधीश पक्राउ


प्रकाशित मिति : बैशाख १२, २०८२ शुक्रबार

अमेरिकी अधिकारीहरूले शुक्रबार विस्कन्सिनकी मिलवाकी काउन्टी सर्किट न्यायाधीश हन्ना दुगानलाई पक्राउ गरेका छन्। उनीमाथि आप्रवासन कारवाहीलाई छल्न एक व्यक्तिलाई सहयोग गरेको आरोप लगाइएको छ। यो घटना राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन र स्थानीय अधिकारीहरूबीच आप्रवासन कारवाहीलाई लिएर भएको विवादको एक हिस्सा भएको बताइएको छ।

डिपार्टमेन्ट अफ जस्टिसको  अपराध उजुरीअनुसार अप्रिल १८ मा न्यायाधीश दुगानले आफ्नो अदालतमा पक्राउ गर्न आएका आप्रवासन एजेन्टहरूलाई एक व्यक्ति सुम्पन अस्वीकार गरिन्। उनले ती व्यक्तिलाई जूरी ढोकाबाट बाहिर निस्कन अनुमति दिएर पक्राउबाट बच्न सहयोग गरेको आरोप छ। दुगानमाथि कार्यवाहीमा बाधा पुर्‍याएको र पक्राउ रोक्न व्यक्ति लुकाएको अभियोग लगाइएको छ।

उजुरीअनुसार दुगानले आप्रवासन अधिकारीहरूले एडुआर्डो फ्लोरेस-रुइजलाई पक्राउ गर्न आएको थाहा पाउँदा ‘देखिने गरी रिसाएकी’ थिइन् र यो अवस्था ‘हास्यास्पद’ भएको टिप्पणी गरेकी थिइन्। उनले अधिकारीहरूलाई मुख्य न्यायाधीशसँग कुरा गर्न आदेश दिइन् र फ्लोरेस-रुइज र उनको वकिललाई अदालतको गैर-सार्वजनिक क्षेत्रमा जाने ढोकाबाट बाहिर लगिन्। मिलवाकी जर्नल-सेन्टिनलका अनुसार दुगानले तिनीहरूलाई निजी हलवे हुँदै सार्वजनिक क्षेत्रमा लगेकी थिइन्, तर जूरी छलफल कक्षमा लुकाएको आरोप भने असत्य भएको बताइएको छ।

विस्कन्सिन अदालतको रेकर्डले फ्लोरेस-रुइजमाथि घरेलु हिंसासँग सम्बन्धित कुटपिटको सानो आरोप रहेको र उनी अप्रिल १८ मा दुगानको अदालतमा उपस्थित भएको देखाउँछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी मार्शल्स सेवाका प्रवक्ताले दुगानलाई शुक्रवार बिहान उनले काम गर्ने अदालतमा पक्राउ गरिएको बताए। उनलाई त्यही दिन मिलवाकीको संघीय अदालतमा उपस्थित गराइयो। पक्राउको विरोधमा अदालत बाहिर भीड जम्मा भई ‘न्यायाधीशलाई तुरुन्त रिहा गर’ भन्दै नारा लगाएको थियो।

एफबीआई निर्देशक काश पटेलले सामाजिक सञ्जालमा दुगानलाई फ्लोरेस-रुइजको पक्राउमा हस्तक्षेप गरेको कारण पक्राउ गरिएको बताएका थिए, जसलाई उनले ‘गैरकानुनी आप्रवासी’ भनेर वर्णन गरे। तर, उनले पछि उक्त पोस्ट हटाए।

यो पक्राउ ट्रम्प प्रशासनको आप्रवासन कारबाहीमा बाधा पुर्‍याउने स्थानीय अधिकारीहरूमाथि फौजदारी मुद्दा चलाउन न्याय विभागले दिएको निर्देशनको समयमा भएको छ। ट्रम्पले जनवरीमा दोस्रो कार्यकाल सुरु गरेपछि आप्रवासनविरुद्ध कडा कारबाही घोषणा गरेका छन्, जसमा राष्ट्रिय संकटकाल र गैरकानुनी आप्रवासीहरूलाई रेकर्ड संख्यामा पक्राउ र निर्वासन गर्ने योजना समावेश छ।

दुगान सन् २०१६ मा पहिलो पटक काउन्टी न्यायाधीशमा निर्वाचित भएकी थिइन्। यसअघि उनले क्याथोलिक च्यारिटीजको स्थानीय शाखाको प्रमुखको रूपमा काम गरेकी थिइन्, जसले शरणार्थी पुनर्वासलगायतका सेवाहरू प्रदान गर्छ। उनले आफ्नो प्रारम्भिक क्यारियर मिलवाकीको लिगल एड सोसाइटीमा वकिलको रूपमा बिताएकी थिइन्, जसले गरिब व्यक्तिहरूलाई कानुनी सहायता प्रदान गर्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com