अमेरिकी नागरिकता खोसेर डिपोर्ट गरिएका नेपालीको मुद्दा आइसद्वारा उदाहरणका रुपमा प्रस्तुत


प्रकाशित मिति : चैत्र २९, २०८१ शुक्रबार

अमेरिकी नागरिकता खोसिएर नेपाल डिपोर्ट गरिएका नेपालीको मुद्दालाई अमेरिकी अध्यागमन एजेन्सी आईसले मुख्य उदाहरणका रूपमा प्रस्तुत गरेको छ। बिहीबार आईसले झण्डै दुई दर्जन व्यक्तिविरुद्धका अध्यागमन कारवाहीहरूलाई उदाहरणस्वरूप प्रस्तुत गर्दा उक्त नेपालीको मुद्दालाई पनि प्रमुख उदाहरणका रूपमा अगाडि सारेको हो। नेपाली नागरिक उमेश चन्द्र पुरीको मुद्दा सार्वजनिक गर्दै आईस ले उदाहरण प्रस्तुत गरेको हो।

आईसका अनुसार, उमेश चन्द्र पुरीले सन् २०१० अगस्ट २० मा जालसाजीपूर्वक अमेरिकी नागरिकता प्राप्त गरेका थिए। उनले सन् २०१५ नोभेम्बर २ मा राज्य अदालतमा आफूमाथि लागेको यौन दुराचारको अभियोग स्वीकार गरेका थिए। सन् २००५ देखि २०१५ सम्म आफ्नै जैविक छोरीमाथि यौन दुर्व्यवहार गरेको अभियोग उनीमाथि लागेको थियो, जुन उनले अदालतमा स्वीकार गरेका थिए।

पुरीमाथि बालिकामाथि निरन्तर यौन दुर्व्यवहार, अश्लील कार्य, नाबालिगसँग यौन सम्बन्ध राख्नु तथा बाल पोर्नोग्राफी राखेजस्ता अभियोगहरू थिए। ती अभियोगहरू स्वीकार गरेपछि उनलाई ८ वर्षको जेल सजाय सुनाइएको थियो र यौन अपराधीको रूपमा दर्ता गर्न आदेश दिइएको थियो।

जेल सजाय पूरा गरेपछि उनले ड्राइभिङ अनुमति पत्रका लागि आवेदन दिने क्रममा जालसाजीपूर्वक प्राप्त अमेरिकी नागरिकताको प्रमाणपत्र प्रयोग गरेका थिए। सन् २०२१ डिसेम्बर २१ मा नर्थ क्यारोलिनाको संघीय अदालतले उनलाई नागरिकताको प्रमाणपत्र जालसाजीपूर्वक प्रयोग गरेको ठहर गर्दै दोषी ठहराएको थियो। त्यसपछि उनको अमेरिकी नागरिकता खारेज गरिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पुरीविरुद्धको मुद्दालाई आइसले बिहिबार यसरी उदाहरणका रुपमा प्रस्तुत गरेको छ ।

पछि उनलाई अमेरिका छोड्न आदेश दिइएको थियो। सन् २०२२ जनवरी २७ मा उनलाई अमेरिका निकाला गरेर नेपाल पठाइएको थियो। नेपाली नागरिकविरुद्धको यो अध्यागमन कारवाहीलाई उदाहरणको रूपमा प्रस्तुत गर्दै आईसले अध्यागमनसम्बन्धी चेतावनी दिएको छ। प्रस्तुत गरिएका झण्डै दुई दर्जन व्यक्तिमा विश्वका अन्य देशका नागरिकहरू पनि छन्।

आईस ले जनाएको छ ,”अमेरिकी नागरिकता प्राप्त गर्नका लागि आवेदन दिने सबैले आवश्यक राम्रो नैतिक चरित्र भएको प्रमाणित गर्नुपर्ने हुन्छ। यसका लागि आवेदनमा सोधिने प्रश्नहरूको सत्यतापूर्वक उत्तर दिनुपर्ने हुन्छ।”  उदाहरणका लागि, पक्राउ नगरिएको भए तापनि विगतमा कुनै अपराध गरेको, कसैसँग जबरजस्ती यौन सम्पर्क राख्ने प्रयास गरेको, वा अवैध लागूपदार्थ बेचबिखन वा तस्करीमा संलग्न भएकोजस्ता विषयहरूमा झूट बोलेमा आईस ले तिनीहरूलाई पत्ता लगाई मुद्दा चलाउन र देशनिकाला गर्न अधिकारीहरू प्रयोग गर्ने बताएको छ।

आईसले डिजिटल उपकरणहरू र अन्य संघीय एजेन्सीहरूबाट साझा गरिएको डाटाबेसको प्रयोग गरेर नागरिकता आवेदन दिने बेला वा त्यसअघि अपराध गरेका, वा नागरिकता पाएपछि दोषी ठहरिएका व्यक्तिहरू पहिचान गर्ने जनाएको छ। यस्ता केसहरू फेला परेमा ती व्यक्तिले आफ्नो अध्यागमन फारामहरूमा झूट बोलेको ठहर्ने आईसको चेतावनी छ।

मानौं कुनै व्यक्तिले सन् २०२० मा अपराध गरेको थियो तर पक्राउ परेन। उनी सन् २०२१ मा अमेरिकी नागरिक बने र सन् २०२५ मा २०२० को अपराधमा दोषी ठहरिए। यस्तो अवस्थामा “के तपाईंले कहिल्यै यस्तो अपराध गर्नुभएको छ जसको लागि तपाईं पक्राउ पर्नुभएको थिएन?” भन्ने प्रश्नमा उनले झूट बोलेको ठहरिने आईस को भनाइ छ।

“जालसाजीपूर्वक अमेरिकी नागरिकता प्राप्त गर्नु गम्भीर अपराध हो, जसमा १० वर्षसम्मको जेल सजाय हुन सक्छ,”  दोषी ठहरिएमा नागरिकता स्वतः खारेज हुन्छ र सम्भव भएसम्म आईसले ती व्यक्तिहरूलाई देशनिकाला गर्ने आईस को पछिल्लो चेतावनीमा उल्लेख गरिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com