एसाइलम जालसाजीविरुद्धको कार्यक्रम पुनः स्थापना, वकिल संलग्न जालसाजीलाई पहिलो कारवाही


प्रकाशित मिति : माघ २४, २०८१ बिहीबार

अमेरिकामा एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले आप्रवासन जालसाजी र खासगरी एसाइलम जालसाजी रोक्ने कार्यक्रम पुनः स्थापना गरेको छ। कार्यवाहक निर्देशक सिर्सी ई ओवेनले पोलिसी मेमो जारी गर्दै औपचारिक रूपमा यो कार्यक्रम पुनः सञ्चालनमा ल्याएका छन् ।

यो कार्यक्रम पहिलो पटक २००७ मा सुरु गरिएको थियो र २०१७ मा पुनः नवीकरण गरिएको थियो। तर जुन २०२१ पछि प्रभावकारी रूपमा बन्द गरिएको थियो।

एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले आप्रवासन जालसाजी प्रति शून्य सहनशीलता राख्नुपर्ने र जालसाजी सम्बन्धी सबै आरोपलाई गम्भीर रूपमा लिने पोलिसी मेमोमा जनाएको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका कर्मचारीहरूलाई हालका नीति तथा संघीय नियम अन्तर्गत जालसाजी रिपोर्ट गर्ने कर्तव्य रहेको कुरा पनि स्मरण गराइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो कार्यक्रम अन्तर्गत एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्यु कर्मचारीहरूलाई शंकास्पद जालसाजी पहिचान गर्न र रिपोर्ट गर्न आवश्यक स्रोत उपलब्ध गराइनेछ । साथै अनुसन्धान गर्ने निकायहरूसँगको सहकार्य मजबुत गरिनेछ । साथै वकिल वा मान्यता प्राप्त प्रतिनिधिहरू संलग्न जालसाजी गतिविधिहरूमा तुरुन्त कारवाही अगाडि बढाइनेछ । कर्मचारीहरूलाई मेमो १९ ०७ को पूर्ण जानकारी राख्न र आवश्यक परेमा एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्यु को अनुशासनात्मक परामर्शदातासँग पूर्ण रूपमा सहयोग गर्न निर्देशन दिइएको छ।

मेमो १९०७ एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युद्वारा जारी गरिएको आधिकारिक निर्देशन हो, जसले आप्रवासन अदालत प्रणालीमा अनुशासन, आचारसंहिता, र जालसाजी विरुद्धका उपायहरूलाई व्यवस्थित गर्न मार्गदर्शन प्रदान गर्छ।

एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्यु नेतृत्वले पछिल्ला वर्षहरूमा जालसाजी मुद्दालाई पर्याप्त प्राथमिकता नदिनाले गलत प्रवृत्ति मौलाएको हुन सक्ने स्वीकार गरेको छ। ूदुर्भाग्यवश, आप्रवासन ठगी प्राथमिकता होइन भन्ने धारणा हुनु आफैंमा प्रणालीको दुरुपयोगलाई निम्त्याउने कारण बन्ने मेमोमा चेतावनी दिइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com