कास्कीमा ६५ लाख बुझाएका रविलाई काठमाण्डौमा ६० लाख धरौटी मागियो, अझै तिन जिल्लामा मुद्धा बाँकी


प्रकाशित मिति : माघ २, २०८१ बुधबार

काठमाडौं , १६ असार ः उपप्रधानमन्त्री एव गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछाने आइतबार काठमाडौँमा भएको नेकपा (एकीकृत समाजवादी) पार्टीको दसौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा मन्तब्य राख्दै ।तस्बिर ः हरिराम भेटुवाल÷रासस

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौँबाट धरौटीमा रिहा हुनुभएको छ ।

बुधबार थुनछेक बहसपछि अदालतले सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अदालतको उक्त आदेशानुसार उहाँ धरौटी बुझाएर रिहा हुनुभएको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उक्त आदेश गरेको हो ।

स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताले राखेको १ अर्ब १९ करोड रुपैयाँ अनियमितता प्रकरणमा रास्वपा सभापति लामिछाने ‘कसुरदार छैनन् भन्न सकिएन’ भन्दै धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गोरखा मिडिया नेटवर्कमा कानुनविपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट पाँच करोड ७८ लाख ९८ हजार चार सय ८० लगेको प्रहरीको अनुसन्धानमा उल्लेख थियो ।

सभापति लामिछानेविरुद्ध पाँच करोड ७८ लाख ९८ हजार चार सय ८० बिगो माग दाबी गरिएको थियो ।

जिल्ला अदालत कास्कीले ६५ लाख धरौटी लिएर मुक्त गरेका लामिछानेलाई काठमाण्डौ जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अब रविलाई जिल्ला अदालत रुपन्देही लैजाने तयारी छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com