अमेरिकी डलर र युरो यथावत, अन्य विदेशी मुद्राको अवस्था कस्तो छ त ?


प्रकाशित मिति : पुस २६, २०८१ शुक्रबार

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलर र युरोपियन युरोको मूल्य स्थिर रहेको छ ।

यस्तै, सिङ्गापुर डलर, जापानी येन, थाई भाट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको मूल्य भने बढेको छ ।

युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, कतारी रियालको मूल्य घटेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३७ रूपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३७ रूपैयाँ ६६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ४१ रूपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४१ रूपैयाँ ८० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रूपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ६९ रूपैयाँ १२ पैसा रहेको छ ।

स्वीस फ्र्याङ्क एकको खरिदर एक सय ५० रूपैयाँ २२ पैसा र बिक्रीदर एक सय ५० रूपैयाँ ८८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिदर ८४ रूपैयाँ ९३ पैसा र बिक्रीदर ८५ रूपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रूपैयाँ २४ पैसा र बिक्रीदर ९५ रूपैयाँ ६६ पैसा तोकिएको छ ।

सिङ्गापुर डलर एकको खरिदर एक सय रूपैयाँ १३ पैसा र बिक्रीदर एक सय रूपैयाँ ५७ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर आठ रूपैयाँ ६८ पैसा र बिक्रीदर आठ रूपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रूपैयाँ ६९ पैसा र बिक्रीदर १८ रूपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६७ पैसा कायम गरिएको छ ।

कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७६ पैसा छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ९६ पैसा र बिक्रीदर तीन रूपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिदर ३७ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ४४ पैसा र बिक्रीदर ३० रूपैयाँ ५७ पैसा तोकेको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ३८ पैसा र बिक्रीदर नौ रूपैयाँ ४२ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रूपैयाँ २९ पैसा र बिक्रीदर १२ रूपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिदर १८ रूपैयाँ ९२ पैसा र बिक्रीदर १९ रूपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रूपैयाँ ६२ पैसा र बिक्रीदर १७ रूपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रूपैयाँ ४३ पैसा र बिक्रीदर चार सय ४६ रूपैयाँ ३८ पैसा तोकेको छ ।

बहराइन दिनार एकको खरिदर तीन सय ६३ रूपैयाँ ५६ पैसा र बिक्रीदर तीन सय ६५ रूपैयाँ १६ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५६ रूपैयाँ दुई पैसा र बिक्रीदर तीन सय ५७ रूपैयाँ ५८ पैसा तथा भारतीय रूपैयाँ एक सयको खरिदर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com