७ दशमलव १ म्याग्निच्युडको शक्तिशाली भूकम्पको धक्काले काठमाडौंबासी त्रसित


प्रकाशित मिति : पुस २२, २०८१ सोमबार

विहानै आएको भूकम्पको धक्काले काठमाडौंबासी त्रसित भएका छन् । एन्ड्रोइट अर्थक्वेक अलर्ट सिस्टमको प्रारम्भिक मापन अनुशार तिब्बतको सिगात्सेदेखि १४ माइल नजिक केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का नेपाल, बंगालादेश, भुटान, भारत र चीनमा अनुभव गरिएको जनाइएको छ ।

भूकम्प ७ दशमलव १ म्याग्निच्युडको रहेको युएस जीओलोजिकल सर्भेले जनाएको छ । नेपाली समय अनुशार विहान ६ बजेर ५० मिनेटमा भूकम्पको धक्का अनुभव गरिएको थियो ।

भूकम्पको केन्द्रबिन्दुबारे युएस जिओलोजिकल सर्भेको नक्शा ।

युएस जीओलोजिकल सर्भेले नेपालको लोबुचेदेखि ९० किलोमिटर उत्तरपूर्व, सिगात्सेदेखि १४ माइल नजिक केन्द्रबिन्दु रहेको जनाएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

त्यसको ८ मिनेटपछि ५ दशमलव १ म्याग्निच्युडको अर्को भूकम्प पनि गएको युएस जिओलोजिकल सर्भेले जनाएको छ । त्यसको पनि केन्द्रबिन्दु तिब्बतको सिगात्से नजिक भएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस अगाडि बिहिबार पनि काठमाडौँमा आज दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर चार दशमलव आठ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको थियो ।

डिसेम्बरको तेश्रो साता नेपालमा केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्युडको भूकम्प गएको थियो । बाजुराको गोत्रीदेखि २ माइल नजिक केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । उक्त भूकम्पको धक्का नेपालसहित भारत र चीनमा समेत अनुभव गरिएको छ । त्यसपछिका केही दिनमा दर्जनभन्दा धेरै पराकम्पहरु गएका थिए ।

केही वर्षअघि गएको गोरखा भूकम्प ७.८ म्याग्निट्यूडको थियो। भूकम्प र त्यसपछिका परकम्पहरूले देशभरिका विभिन्न जिल्लामा भौतिक मात्र नभई ठूलो मानवीय क्षति पनि गरे।

उक्त भूकम्पको शृङ्खलाका कारण परकम्पका रूपमा भूगर्भमा सञ्चित शक्ति बाहिर निस्किन खोजिरहेको भए पनि काठमाण्डूको जमिनमुनि आएर जम्मा भएकाले जोखिम अझै नटरेको विज्ञहरू बताउँछन्।

 

यो समाचार थप विवरणसहित अपडेट गरिएको छ । जसका कारण प्रारम्भिक अनुमानको तुलनामा पछिल्लो प्रमाणित विवरणमा केही परिवर्तन गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com