एमाले छाडेको खनालको घोषणा, देश र समाजको हितमा सधैँ काम गर्ने प्रतिबद्धता


प्रकाशित मिति : पुस २०, २०८१ शनिबार

नेपाल प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनालले नेकपा (एमाले) छाडेको घोषणा गर्नुभएको छ ।

आइतबार सामाजिक सञ्जालमार्फत खनालले आफू कुनै राजनीतिक पार्टीसँग आबद्ध नभएको बताउनुभएको हो । उहाँले फेसबुकमा लेख्नुभएको छ, “हजुरहरू मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यम बाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध छैन ।

पूर्व प्रहरी प्रमुख खनालले आफूले स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको उल्लेख गर्नुभएको छ । उहाँले देश र समाजको हितका लागि आफ्नो समय परिस्थिति अनुकूल सधैँ सक्दो कार्यहरू गरिरहने समेत जिकिर गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, “म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु । म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकूल सधैँ सक्दो कार्यहरू गरिरहने छु ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल प्रहरीका २६ औँ प्रहरी महानिरीक्षक खनालले २०७६ फागुन १ गते अनिवार्य अवकाश लिनुभएको थियो । उहाँ पछि, २०७९ असोज ६ गते नेकपा (एमाले)मा प्रवेश गर्नुभएको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com