पत्रकार मरासिनीसहित ९ जनालाई ‘जेसीज उत्कृष्ट युवा पुरस्कार’


प्रकाशित मिति : पुस ७, २०८१ आईतबार

पत्रकार एवं लेखक गोविन्द मरासिनीसहित ९ जना युवा जुनियर च्याम्बर इन्टरनेसनल नेपाल (जेसीज) ‘उत्कृष्ट युवा पुरस्कार-२०२४’ बाट पुरस्कृत भएका छन् ।

मरासिनीलाई पत्रकारितामार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याएको योगदान स्वरूप ‘देशको प्रतिष्ठा बढाउन अन्तर्राष्ट्रिय क्षेत्रमा गरेको प्रयास’ विधामा मरासिनीलाई उक्त पुरस्कारबाट पुरस्कृत गरिएको हो । करिब डेढ दशकदेखि पत्रकारितामा क्रियाशील मरासिनीले मूलतः युवा, पर्यटन, सामाजिक, कला र समसामयिक विषयमा विभिन्न राष्ट्रिय स्तरका पत्रिकाहरू र विभिन्न जर्नलमा अनुसन्धानात्मक लेख लेख्दै आएका छन् ।

मरासिनीसँगै क्रिकेट खेलाडी द्वय करण केसी र रुविना क्षेत्री, साहित्यतर्फ कुमार सिंह, सामाजिक न्यायको क्षेत्रमा क्रियाशील कविता नेपाल, कलाकारितातर्फ पूर्णबहादुरको सारङ्गीका चर्चित कलाकार विजय बराल, आर्थिक क्षेत्रमा प्रगति गर्ने राहिव साहीवाला, विज्ञान प्रविधितर्फ कपिली खनाल र सङ्गीततर्फ सरोज श्रेष्ठ पुरस्कृत भए ।

जेसीजले हरेक वर्ष राष्ट्रलाई उत्कृष्ट योगदान पुर्‍याउने १० युवालाई उत्कृष्ट युवा पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरूलाई जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की लगायतले प्रमाणपत्र, नगद पुरस्कार र मेडल सहित पुरस्कृत गरेका हुन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com