एनपिएलको उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर, कसले उचाल्ला ट्रफी ?
प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार
नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलको पूर्वसन्ध्यामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी रजनकपुर बोल्ट्सका कप्तान आसिफ शेख । तस्बिर : सुरज घिमिरे/रासस
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।
नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् ।
दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रदै छन् । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।
