एनपिएलमा अलराउण्डर प्रदर्शनले चम्किएका रोहित


प्रकाशित मिति : मंसिर २५, २०८१ मंगलबार

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा मङ्गलबारसम्म १७ वटा खेल भए । अहिलेसम्मका १७ खेलमा टोली जनकपुर बोल्ट्स सबैभन्दा बलियो देखिँदा लुम्बिनी लायन्सले अपेक्षाकृत नतिजा निकाल्न सकेको छैन । यद्यपि यसका कप्तान रोहित पौडेलले भने निकै राम्रो प्रदर्शन गरिरहेका छन् ।

हालसम्म पाँच खेलमध्ये लगातार चार खेलमा पराजित हुँदा एउटा खेलमा भने जित हात पारेको छ । पहिलो खेल विराटनगरसँग दुई विकेटले हारेको लुम्बिनीले दोस्रो खेलमा पोखरासँग १० विकेटले हारेको थियो । तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले हार्दा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो ।

एनपिएलमा लुम्बिनीको प्लेअफको यात्रा लगभग समाप्त भइसकेको अवस्थामा मङ्गलबार भने चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै प्राविधिक रुपमा भए पनि शीर्ष चारमा पुग्ने सम्भावना कायमै राखेको छ । एनपिएलमा ४ खेलमै चारै खेल हारेर शून्य अङ्कसहित तालिकाको पुछारमा रहेको लुम्बिनीले पाँचौँ खेलमा सफलता हात पारेपछि अहिले अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।

रोहितको अलराउण्डर प्रदर्शन

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लुम्बिनीले ५ खेलमा ४ खेलमा हारे कप्तान पौडेलले भने हारेनन् । उनले आफ्नो अलराउण्डर प्रदर्शनबाट क्रिकेट प्रेमीको मन जित सफल भए । एनपिएलमा आफ्नो पहिलो खेलमा लुम्बिनीले विराटनगर किङ्गसको सामना ग¥यो । विराटनगरविरुद्ध कप्तान पौडेलको प्रदर्शन उत्कृष्ट नै रह्यो । उनले लुम्बिनीको तर्फबाट सर्वाधिक ४६ रन बनाएका थिए । उनले २९ बलमा दुई छक्का र चार चौकाको मद्दतले ४६ रन बनाउन सफल भए । यद्यपि, उनले विराटनगरविरुद्ध बलिङ भने गरेनन् ।

लुम्बिनीले दोस्रो खेल पोखरा एभेन्जर्ससँग खेल्यो । पोखरासँग १० विकेटले हारे कप्तान रोहितको प्रदर्शन प्रशंसा गर्न लायक नै थियो । उनले पोखराविरुद्ध एक्लैले ९५ रन बनाए । ५९ बलमा चार छक्का र १० चौकाको मद्दतले ९५ रन बनाउन सफल भए ।

उक्त खेलमा लुम्बिनीले ब्याटिङ गरिरहँदा रोहित एनपिएलमा सर्वाधिक रन बनाउने पहिलो खेलाडी बनेका थिए । यद्यपि, लुम्बिनी विरुद्ध जवाफी ब्याटिङ गरेको पोखराका एन्ड्रिज गौसले अविजित एक सय चार रन बनाएपछि उनको रेकर्ड तोडिएको थियो ।

लुम्बिनीले आफ्नो तेस्रो खेलमा सुदूरपश्चिम रोयल्सको समान गरेको थियो । उक्त खेलमा कप्तान पौडेलले ब्याटिङतर्फ पाँच रन बनाएर आउट भए बलिङतर्फ एक विकेट हात पारेका थिए । रोहितले ४ ओभर बलिङ गर्दा जम्मा २२ रन मात्रै खर्चिएका थिए ।

चौथो खेलमा जनकपुर बोल्ट्सको सामना गर्दा लुम्बिनीका कप्तान रोहितको प्रदर्शन सानदार थियो । उनले जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङतर्फ सर्वाधिक ३५ रन बनाउँदा बलिङतर्फ चार ओभरमा २२ रन मात्रै खर्चिएर दुई विकेट हात पारेका थिए ।

लुम्बिनीले आफ्नो पाँचौँ खेलमा चितवन राइनोजलाई हराएर पहिलो जित निकाल्यो । उक्त खेलमा कप्तान रोहित नायक नै बने । उनले ब्याटिङ र बलिङ दुवैतर्फ नायकको भूमिका निभाए ।

चितवन राइनोजविरुद्ध रोहितले ब्याटिङतर्फ सर्वाधिक ८० रन बनाए । ५७ बलमा पाँच चौका र छ छक्काको मद्दतले रोहितले ८० रन जोड्दा लुम्बिनीले एक सय ६८ रनको लक्ष्य दिन सफल भएको हो ।

बलिङतर्फ पनि रोहितले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका रोहितले जम्मा १७ रन मात्रै खर्चिए । यो खेलमा रोहितको अलराउण्डर प्रदर्शन नभएको भए लुम्बिनीको जित सम्भव थिएन् ।

एनपिएलमा सबैभन्दा धेरै रन रोहितको नाममा

जारी एनपिएलमा सबैभन्दा धेरै रन बनाउने पहिलो नम्बरमा छन्, कप्तान रोहित । उनले पाँच खेलबाट सर्वाधिक दुई सय ६१ बनाएका छन् ।

रोहितले एनपिएलमा दुई अर्धशतक प्रहार गरेका छन् । साथै, जारी एनपिएलमा ११ छक्का र २४ चौकासमेत प्रहार गरेर सबैभन्दा धेरै बाउण्ड्री प्रहार गर्नेमा पहिलो नम्बरमा छन् ।

धेरै रन बनाउनेमा दोस्रो नम्बरमा चितवन राइनोजका रवि बोपारा छन् । उनले जारी एनपिएलमा एक सय ६९ रन बनाएका छन् । एनपिएलमा एक सय ६८ रन बनाएर जनकपुर बोल्ट्सका लागि मिलन्था तेस्रो नम्बरमा छन् ।

सकारात्मक महसुस गरिरहेको छुः कप्तान रोहित

लुम्बिनीका कप्तान रोहितले एनपिएलमा आफ्नो प्रदर्शन राम्रो भइरहेको बताउनुभएको छ । मङ्गलबार चितवनलाई ३३ रन हराएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले ब्याटिङ गर्ने क्रममा सकारात्मक महसुस गरिरहेको बताउनुभयो । उहाँले समय राम्रो चलिरहेको जिकिर गर्नुभयो ।

“मुख्यतयाः यो प्रतियोगितामा एकदम राम्रो भइरहेको छ । ब्याटिङ गर्ने क्रममा एकदम सकारात्मक महसुस गरिरहेको छु । बललाई एकदम राम्रोसँग हेरिरहेको छु, त्यो चाही सकारात्मक हो मेरो लागि । यसलाई निरन्तरता दिइरहेको छु”, कप्तान रोहितले भन्नुभयो, “समय राम्रो चलिरहेको छ । गुडलाई ग्रेटमा कन्भर्ट गर्न प्रयास गरिरहेको छु ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com