भूटानी राजा काठमाडौँमा , आजै स्वदेश फर्कने


प्रकाशित मिति : मंसिर २१, २०८१ शुक्रबार

भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक काठमाडौँ आइपुग्नुभएको छ । अनौपचारिक भ्रमणका सिलसिलामा उहाँ शुक्रबार बिहान काठमाण्डौ आइपुग्नु भएको हो ।

उहाँलाई परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।

भूटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्नुहुने कार्यक्रम छ ।

भारतबाट स्वदेश फर्कने क्रममा उहाँ काठमाडौँमा हुनुहुन्छ । उहाँ आजै स्वदेश फर्कनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गृह मन्त्रालयले भुटानी राजाको उच्च सुरक्षा व्यवस्था कायम गरेको छ । उहाँको सुरक्षाका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ ।

भुटानी राजा दर्शनका लागि जाने बौद्धनाथ, स्वयम्भूनाथ र त्यस आसपासका क्षेत्रको सुरक्षा व्यवस्था कड बनाइएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com